logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

नेपाली काँग्रेसका महेन्द्र यादवमाथि खुकुरी प्रहार


  • जन आकाश
  • शनिबार, भाद्र २३ २०८०

काठमाडौ । नेपाली काँग्रेसका सह महामन्त्री, पूर्व मन्त्री तथा संसद समेत रहेका महेन्द्र यादवमाथि मितिः २०८० भाद्र २० गते भृकुटीमण्डपस्थित रिर्पोटर्स क्लवमा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारवाट टाउकोमा चोट लागेका घाइते यादवको उपचार वीर अस्पतालको ट्रमा सेन्टरमा भईरहेको छ । खुकुरी प्रहार गर्ने नुवाकोट जिल्ला विदुर नगरपालिकाका वाडन ७ का श्याम सापकोटाले रिपोटर्स क्लवमा भएको साक्षात्कार कार्यक्रममा भाग लिई फर्कदै गरेका महेन्द्र यादवलाई आक्रोशित सापकोटाले आफैले झोलामा लगेको खुकुरी निकालेर प्रहार गरेको पत्यक्षदर्शीहरुले बताएकाछन् ।



खुकुरी प्रहारपछि श्याम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौ टेकु परिसरले ज्यानमार्ने उद्योगमा मुद्दा दायर गर्न लागेको परिसरले जानकारी दिएको छ । खुकुरी प्रहारको घटनाले नेपालको सदन तातेको छ । संसदहरु त्रसित मानसिककतामा सदनमा छलफलमा देखिन्छन् । कतै भोलि हामी माथि पनि यस्तै खुकुरीका घारहरु आईलाग्ने होइनन् ? भन्दै प्रखर नेता भनेर चिनिने गगन कुमार थापाले बुढी मरि भन्ने चिन्ता होइन काल पल्कियो भन्दै यो गम्भिर बिषय हो भन्दै आफ्ना भनाई राखेकाछन् । उनले काल पल्कियो भन्नुको अर्थ अव कोहि पनि सुरक्षित छैनौ है भन्ने भाव उनको भनाईवाट बुझिन्छ ।

अर्का नेपाली काँग्रेसका नै संसद तथा केही महिना अगाडी आगलागीमा परेर भरखरै तङरदै गरेका चन्द्र भण्डारीले आलोचनात्मक ढंगवाट संसदमा खुकुरी प्रहारको बिषयलाई उठान गरेकाछन् । “कुनै एक व्याक्तिले हामीहरु माथि खुकुरी प्रहार गर्दा जनता खुकुरी प्रहार गर्ने व्याक्तिको पक्षमा बढी भएको जस्तो देखिदै छ । के भईराखेको छ । हामीले कस्तो सस्कार सिकाउदै छौ ? समाज कता गईराखेको छ ? जनताको पक्षमा हामीले काम गरयौ कि गरेनौ ? जनताको पक्षमा हामीले काम काहा गरयौ सोफामा बसेर ?”संसद भण्डारीले यस्तै प्रश्नहरु गर्दा कतिपय संसदहरुको अनुहार रातो भएको देखिन्थ्यो । संसद भनेको चुनाव जित्न रक्सी, मासु, ख्वाएर पैशाको खोलो बगाएर सदनमा जाने मन्त्री बन्ने अनियमियतता गरेर अकुत सम्पति जोड्ने जनताको पक्षमा कहिल्यै नीति नबनाउनेहरुको मुख रातो नभएर हशिलो पक्कै हुदैन थियो ।
एकाथरी हिजोको दिनमा राज्यसत्ता हत्याउन जनयुद्धमा होमिएको र धेरै मानिसहरुको हत्या गरेर सरकारमा पुगेको माओवादीका नेताहरुले खुकुरी प्रहार गर्नेलाई कारवाहीको माग जोडदारका साथ गरेका थिए । धेरै जति संसदले खुकुरी प्रहारको बिषय संसदमा बोलेका थिए । लाग्थ्यो सदनमा बोल्ने अरु कुनै बिषय नै थिएनन् । यस्ता खुकुरी काण्ड आज मात्र भएका हुन् । होइनन् ।

यस्ता खुकुरी बोकेर मानिसहरुमाथि आक्रमण गर्न नेपाली काँग्रेस पार्टीले भुमिगत कालमा नै सिकाएको हो । पछि संगठनको रुपमा खुकुरी दल नामले चिनिने संगठनलाई नेपाल प्रहरी नामको संगठन बनाएर समायोजन गरेको थियो । समाजमा जव अन्याय, अत्याचार, असमानताको खाडल ठुलो हुदै जान्छ । यस्ता आका्रेशले कतै न कतै अभिव्यक्त भईराखेको हुन्छ । यतिवेला नेपालमा आर्थिक संकटको भुमरी फनफनी घुमिरहेको छ । त्यसको उपज प्रेम आचार्यले नयाँ वानेश्वरमा आत्म दाह गरेर मृत्यु रोजे, विराटनगरमा एकजना व्यापारी मोहन न्यौपनेले आत्महत्या गरे, त्यसको केही समयपछि काठमाडौका व्यवसायी दिपक पौडेलले आत्महत्या गरे, पूर्व प्रधानमन्त्री माधव नेपालका सरोदर भाई सरोज नेपालले होटलवाट हाम फालेर मरे हिक्कमत हुने तर आफ्ना कामहरुको बाधा फुकाउन नसक्दा सफल व्यक्तित्वहरु पनि आत्महत्या गर्न बाध्य भए,यि यस्ता घटनाले नेपालको राजनीतिक क्षेत्रसँग सम्बन्ध राख्छ । किनकी कुनै मजदुरले १८ घण्टा काम गर्दा खान लाउन धौ धौ हुने देशमा भएका उद्योग कलकारखाना चौपट बनाउने तर काम नगरी बस्ने नेताहरुको गफ नै लगाएको भरमा काठमाडौ लगायत शहरमा करोडौको सम्पति देखिने जनताको छोराछोरी विदेश नगएसम्म चुलो नबल्ने अवस्थामा राजनीतिक समस्याले निम्त्याएको समाजमा राजनीतिक विश्लेषकहरुले नै बोलेकाछन् । त्यो जायज नै भएर बोलेका होलान् ।

यि माथिका आधारहरु मान्दा राजनीतिक नामको पार्टीहरुले गलत गरिराखेका छन् । जनता राजनीतिक पार्टीवाट सन्तुष्ट छैनन् भन्ने उदारण पनि यस खुकुरी काण्डले अभिव्यक्त गरेको जस्तो देखिन्छ । खुकुरी प्रहार पछि सामाजिक सञ्जाललाई आधार मानेर निस्कर्ष निकाल्ने हो भने खुकुरी प्रहार गर्ने श्याम सापकोटाको पक्षमा अढी मत देखिन्छ ।

हुनत नेपालमा हत्या हिंसा गर्नेहरुले गरेका राजनीति सवै ठिक हुन्छन् । त्यो चाहे नेपाली काँगे्रसले गरेको प्रजातान्त्रिक आन्दोलन होस् । वा माओवादीले गरेको जनयुद्ध किन नहोस् । त्याहा अप्रत्यक्ष विदेशी शक्तिको हात हुन्छ ।त्यसैले त्यो जायत हुदो रहेछ । किनकी उनिहरुलाई नेपालको जग भत्काउनु पर्ने रहेछ । नेपालीलाई यो अवस्थासम्म पु¥याउन ७३ बर्षा लाग्यो । र पनि जात जातको नाममा लडाई गराउन सकेनन् । धर्मको नाममा लडाई गराउन सकेनन् । नेपालका कल कारखाना बन्द गराएर नेपालका युवाहरुलाइ देशवाट पलायन गराएर देश खाली गराउन केही सफल भएका छन् ।

त्यो सत्य कुरा नेपाली जनताले थाहा पाउदै गएपछि अका्रेशका स्वरहरु मनोवलहरु नेपाली जनताका राजनीतिक पार्टीहरुलाई हेर्ने दृष्टिकोणहरु फरक हुदै जान थालेका छन् । विगतको जस्तो हिंसाको राजनीति नेपाली जनताले चाहेका छैनन् । तर कतै कतै यस्ता हिंसाका घटना हुनु देशको लागि चिन्ताको बिषय हो । श्याम सापकोटा जस्ता मानिसले वाक स्वतन्त्रताको पक्षवाट मात्र विरोध गरेको भए हुन्थ्यो तर हत्तियारकै प्रायोग गर्नु हुदैन थियो । जे भईसक्यो नेपालको कानुनले जे भन्छ । त्यही अनुसार जाला तर बिर्सन नहुने कुरा विगतमा राजनीतिको नाममा हजारौ मानिसको हत्या गर्ने नेपाली काँग्रेस, एमाले, माओवादीले गरेका थिए । उहिरुले उन्मुक्ति पाएकाछन् । मुद्दा फिर्ता भएकाछन् ।

नजिर यहि नै हो । पछिल्लो समय टिकापुर घटनामा दोषि ठहर भईसकेका रेशम आम माफी पाएर कारगारवाट रिहा भएकाछन् । त्यस्तै श्याम सापकोटाले राजतन्त्र जिन्दावाद, हिन्दुराष्ट कायम गर, जय देश जय नरेश भन्दै पक्राउको त्रममा नारा लगाएकाछन् । उनि कुनै राजनीतिक पार्टीको संगठित सदस्य नभए पनि एउटा देशमा घट्दै गएको र उठ्दै गरेको हजारौ,लाखौ जनताको भावनाको प्रतिविम्ब जस्तो देखिन्छ ।

के आज कुनै ईमानदार र कर्ममा विश्वास गर्ने नेपालीले नेपाली हुन्मा गौरव गर्छु भनेर छातिमा हात राखेर भन्न सक्छ । कुनै नेपाली नागरिता लिएको तर सवै लगाउने मोजा देखि शिरको टोपीसम्म अर्काको देशको लगाउने दासले चै भन्न सक्ला नक्कली स्वरमा गौरव र्गर्छु भनेर खुकुरी काण्ड यहि बीचको द्धान्द्ध हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend