काठमाडौँ कुटी रिसोर्टमा आइतबार र सोमबार दुई दिनसम्म चल्ने तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होम दोङले

गुम्बा व्यवस्थापन तालिमको उद्घाटन सत्रमा समितिका कार्यकारी होम दोङले गुम्बा व्यवस्थापनलाई चुस्त दुरुस्त गराउनका लागि यो तालिम सहयोगी बन्न सक्ने बताए । उनले आआफ्ना गुम्बाका आन्तरिक व्यवस्थापन चुस्त बनाउन तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने‚‘बौद्धमार्गीहरुको ज्ञानलाई जनमानसमा पुर्‍याउन सकियो भने त्यो व्यवहारिक हुनेछ । जसको लागि गुम्बाका ध्यान साधनालाई जनमानसमा फैलाउनुपर्छ ।’

कार्यक्रमको सभाध्यक्ष समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) रहेका थिए । उनले यस समितिले भनेजस्तो कार्य गर्न खोजे पनि सीमित स्रोत साधन हुँदा सोचेजस्तो काम गर्न नसकेको बताए । ‘गुम्बा व्यवस्थापन पक्षलाई चुस्त बनाउन गुम्बा दर्ता प्रक्रियाहरू अन्यौलतामा रहेको छ‚’ उनले‚‘यो एकद्वार प्रणालीमा लैजानुपर्छ । त्यसो हुँदा सबैलाई सहज हुनेछ । ’

प्रशिक्षणमा देशभरका करिब ३५ गुम्बाका लामा गुरुहरूले प्रशिक्षण लिइरहेका छन् ।

प्रशिक्षणमा देशभरका करिब ३५ गुम्बाका लामा गुरुहरूले प्रशिक्षण लिइरहेका छन् । तालिममा पाँचथर‚ ताप्लेजुङ‚ लमजुङ‚ सर्लाही‚ सोलुखुम्बु‚ भोजपुर‚ खोटाङ‚ पाल्पा‚ काभ्रे‚ दोलखा‚ रामेछाप‚ तनहुँ लगायतका विभिन्न गुम्बाहरूबाट सहभागीहरू सहभागी छन् ।

तालिममा सहभागीहरूलाई गुम्बा व्यवस्थापनको विभिन्न पक्षमा व्यवहारिक प्रशिक्षण दिने कार्यक्रम संयोजक एवं योजना अधिकृत सज्नु योङ्ग्याले जानकारी दिइन् ।

प्रशिक्षकहरूमा आचार्य सार्की शेर्पा, समितिका कानुनी सल्लाहकार सञ्जीव कुमार लामा, योजना अधिकृत सज्नु योङ्गया र लेखा अधिकृत विनीता भण्डारी रहेका छन् ।

समितिमा देशभरका ३ हजार ६० गुम्बाहरू दर्ता भएका छन् । कार्यक्रम सञ्चालन कवि लक्ष्मी रुम्बाले गरेकी थिइन् ।