logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गरिमा विकास बैंकको तीज गीत सार्वजनिक


  • जन आकाश
  • सोमबार, भाद्र २५ २०८०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ ।



करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोक गीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिनेछ ।

साथै, हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु यस विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमा तीज”पनि सार्वजनिक गरेको छ । यस विकास बंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरु मध्ये प्रथमलाई रु ३०,००० द्धितियलाई रु २०,००० तृतियलाई रु १०,००० र बाँकि ७ वटा भिडियोलाई जनही रु ५,००० सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ । यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा शर्तहरुको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।

हाल, यस गरिमा विकास बैंकले नेपाल भर १२१ शाखा कार्यालय, ५० एटिएम र डिजिटल बैंकिङ् (गरिमा डिजी बटुवा, डेविट क्रेडिट कार्ड, स्मार्ट क्यू.आर. लगायत) मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend