logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

द्रुत बसले सेवा दिन थाल्यो


  • जन आकाश
  • शुक्रबार, असोज ५ २०८०

 



भक्तपुरको सूर्य विनायकदेखि रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवा सुरु भएको छ ।

संविधान दिवसको अवसर पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरे पनि हिजोदेखि सर्वसाधारणका लागि सेवा दिन सुरु गरेको हो ।

बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा बसहरू चल्नेछन ।

यो सेवाको बस सञ्चालनका लागि सूर्य विनायक देखि रत्नपार्कसम्म छुट्टै लेन रातो रङले छुट्टाइएको छ । ट्राफिकको रातो बत्तीमा पनि यो बस रोकिँदैनन् । एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउँछन् । कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउँछन् ।

यस समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ । यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ ।

त्यसो हुँदा द्रुत बस सूर्य विनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend