जन आकाश
काठमाडौ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापा फेरी भेटौला कार्यक्रम सहित यहि २०८० असोज ६ गते विदा भएकाछन् ।

प्रमुख प्रशासकीय थापा तेह्र महिना आगडी गोकुलगंगा गाउँपालिकामा रामेछाप नगरपालिकावाट प्रमुख प्रशासकीय अधिकृतको कार्यभार समाल्न काजमा आएका थिए । उनले तेह्र महिनाको कार्यकालमा सवैको मन जित्न सफल भएका थिए । थापाको कार्यकालमा कुनैपनि मानिसहरुले प्रशासनिक समस्या भोग्नु नपरेको बताएकाछन् । उनको विदाईमा गाउँपालिकाले आयोजना गरेको फेरी भेटौला कार्यक्रममा जनप्रतिनिधिहरुले उक्त कुरा बताएका हुन् ।

फेरी भेटौला कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषादेवी कार्कीले प्रमुख प्रशासकीय अधिकृतले हामी जनप्रतिनिधिलाइ समेत कतिपय नजानेका बिषयहरु सिकाएर काम गर्न सजिलो पार्नुभएको थियो । उहा जस्तो असल प्रशासकीयलाई याही राख्न हामीलाई मन थियो । तर कर्मचारीलाई हामीले राख्न चाहेर मात्र नहुदो रहेछ । सरकारले जाहा खटाउछ त्यहा जानुपर्दोरहेछ । त्यसैले उहालाई उत्तर उत्तर प्रगतीको कामना भन्दै शुभकामना दिएकी थिइन । यसैगरी गाउँपालिकामा रिक्त रहेको पदमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार समाल्न आएका साथै फेरी भेटौला कार्यक्रमका अध्यक्ष समेत रहेका उमेश प्रसाद यादवले होम बहादुर थापा सरले गर्नुभएको काम र यो अपार तपाईहरुको माया देख्दा मलाई समेत चुनौति थपिएको बताएका थिए ।
उनले कतिपय गाउँपालिकाहरुमा कुन हाकिम कतिखेर जान्छ र आउछ थाहा नै हुदैन । याहा उहाले कर्मचारी साथीहरु जनप्रतिनिधिहरु सवैको साथमा उत्तिक्कै मेहनतका साथ काम गर्नुभएको हुनाले यो अपार माया पाउनुभएको जस्तो मलाई लाग्यो । त्यसैगरी उहाका राम्रा कामको निरन्तरता आफुले पनि दिने र विगतमा जस्तै शाखाका साथीहरुले सहयोग गर्नुपर्छ । गर्नुहुन्छ भन्ने मलाई विश्वास पनि छ भन्दै प्रशासकीय थापालाई शुभकामना दिएका थिए ।
त्यस फेरी भेटौला कार्यक्रमका बिशेष अतिथि समेत रहेका गोकुलगंगा गाउँपालिकावाट काज फिर्ता भएका प्रशासकीय होम बहादुर थापाले कार्यक्रममा उपस्थितलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा त्यस्तो कुनै नराम्रा घटना नभएका यदि अन्जानमा भएका रहेछन् भने त्यो हामीहरुकै लागि रहेछ भनेर बुझिदिनुहुन्छ र एउटा गाउँपालिका सफल हुनलाई शाखाहरुको पनि त्यतिकै भुमिका हुनुपर्छ । हरेक कर्मचारीको उत्तिक्कै भुमिका हुनुपर्छ । त्यो मेरो कार्यकालमा सवै साथीहरुले राम्रो सँग भुमिका निर्वाह गर्नुभयो र प्रशासकीय सफल भयो भने जनप्रतिनिधिहरु पनि सफल हुन्छन् । भन्दै आफु धेरै टाढा नभएको रामेछाप नगरपालिकामा काजमा गएको छु । मेरो सहयोग जुनसुकै समयमा आवश्यक भएमा गोकुलगंगालाई रहन्छ भनि प्रतिबद्धता जनाएका थिए ।प्रशासकीय थापालाइ स्थानीय उत्पादन पालिकाले खुकुरी उपहारको रुपमा उपाध्यक्ष उशादेवि कार्कीको हातवाट प्रदान गरिएको थियो।
त्यसैगरी अन्य सर्वसाधरणले समेत थापाको कार्यकालमा प्रशासनिक काम छिटोछरितो भएको र विकासका कामहरु उल्लेखनिय मात्रमा भएको बताउदै प्रशंसा गरेकाछन् ।

गोकुलगंगा गाउँपालिकाका नागरिकहरुले प्रमुख प्रशासकीय अधिकृतलाई आउदा दिनहरुमा उत्तर उत्तर प्रगतीको कामनासहित विधाई गरेका हुन् । विदाई कार्यक्रमा पालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, सर्वसाधरणको उपस्थिति रहेको थियो ।
गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का(दिनेश) भने आफ्नो दाईको केहिदिन अगाडी मात्रै निधन भएको हुनाले कार्यक्रममा उपस्थित थिएनन् ।

थापा पुनः रामेछाप नगरपालिकामा काज फिर्ता भएकाछन् । गोकुलगंगा गाउँपालिकामा उमेश प्रसाद यादवले प्रमुख प्रशासकीय अधिकृतको कार्यभार समालिसकेकाछन् । भने गाउँपालिकामा यो एक महिनाको अवधिमा लेखा अधिकृत लगायत अन्य शाखाहरुका कर्मचारी अन्यत्र सरुवा गएका कारण झण्डै एक दर्जन दरबन्दी रिक्त रहेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend