logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

राष्ट्रीय जनमुक्ति पार्टीले संबिधान पुनर्लेखन माग गर्यो


  • जन आकाश
  • शुक्रबार, असोज ५ २०८०

-जयराम बिडारी



काठमाडौं। जनताको प्रत्यक्ष सहभागितामा निर्माण गरिएकोा भनिएको नेपालको वर्तमान सम्बिधानका पक्ष तथा बिपक्षमा आ-आफ्नै समर्थन र बिरोधका आवाज हरु प्रकट भईरहेको परिप्रेक्ष्यमा राष्ट्रिय जनमुक्ति पार्टीले  संविधान पुर्नलेखनको माग सहित ‘असोज ३ खवरदारीको दिन’ भन्ने नारासहितको कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष बलदिप राई, सचिवालय सदस्य राम बहादुर अस्लामी मगर , कोषाध्यक्ष डिके सुर्यवंशी, प्रदेश सचिवालय ओम प्रकाश बिश्वकर्मा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीतामा राजधानी स्थित अनामनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त पार्टीले संविधानभित्रका कतिपय प्रावधानहरुलाई सच्याउन र संसोधनसहित पुर्नलेखन गर्न माग गर्दै कार्यक्रम सम्पन्न  गरिएको थियो ।

कार्यक्रमको औचित्य बारे बोल्दै पार्टीका महासचिव टोप अस्लामी मगरले राष्ट्रीय एकता,स्थायी शान्ति,दिगो बिकाशको सुनिश्चितता तथा प्राप्त उपलब्धिको जगेर्ना गर्दै अपूर्ण संबिधानलाई पूर्णता दिनका लागि ३९ बुदे संविधान पुर्नलेखन पत्र प्रस्तुत गरेका थिए ।

मगरले जनता  द्धारा प्रत्यक्ष प्रधानमन्त्रीय शासन प्रणाली हुनुपर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी राज्यले लिनुपर्ने, पहिचानसहितको प्रदेशको नामाकरण, स्वदेशी उत्पादनमा जोड, राष्ट्रिय अर्थतन्त्रको विकास तथा भ्रष्टाचार मुक्त समाज निर्माण लगायतका मागहरु सम्बद्ध पक्षसंग राखेका छन् ।

जनमुक्ति पार्टीले २०८४ मा हुने आम निर्वाचनलाई मध्यनजर गरि जन जागरणका थप कार्यक्रम समेत घोषणा गरिने जनाउँदै सरकारलाई दवाव दिने समेत जनाएको छ।

आगामी दिनमा संविधान पुर्नलेखनलाई  प्रमुख एजेण्डा बनाएर जनता समक्ष जाने र सम्बन्धित निकायलाई दवाव दिनका लागी कडा संघर्षका कार्यक्रमहरु पनि छिट्टै घोषणा गर्ने समेत जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend