logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ


  • जन आकाश
  • सोमबार, असोज ८ २०८०

धनुुषा– राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार बिहान जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् । नेपाली सेनाको विशेष विमानबाट सोमबार बिहान साढे ८ जने जनकपुरधाम आइपुगेका राष्ट्रपति पौडेल जानकी मन्दिरमा विशेष पूजापाठ गरेका हुन् । जानकी मन्दिरका महन्त रामतपेश्वर दाससहितका मधेश प्रदेश सरकारले राष्ट्रपति पौडेललाई विशेष स्वागत गरेको छ । करिब आधा घन्टासम्म जानकी मन्दिरमा पूजाअर्चना गरेका राष्ट्रपति पौडेल अहिले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोजना गरेको विशेष चियापान कार्यक्रममा सहभागी भएका छन् ।



राष्ट्रपति पौडेललाई स्वागत गर्न मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव तथा मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री कृष्ण यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंह, उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव जनकपुर विमानस्थलमा पुगेका थिए। पूजापाठको क्रममा राष्ट्रपति पौडेललाई स्वागत गर्न नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसहितको सहभागिता रहेको थियो ।

दिउँसो १ राष्ट्रपति पौडेलले नेपाल सरकारको १२ करोडको लगानीमा जनकपुरधाममा निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भवनमा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । नागरिक अभिनन्दन कार्यक्रमपश्चात् जनकपुरधामस्थित नेपाल राष्ट्र बैंकले आयोजना गर्ने दिवा खाजा कार्यक्रममा सरिकपश्चात् आजै ३ बजे उनी काठमाडौं फर्केने कार्यक्रम रहेको जनकपुरधामका मेयर मनोजकुमार साहले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend