logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

पैशा तिरेर बन्ने नेता र कलाकारले धानेको देश


  • जन आकाश
  • मंगलबार, असोज ९ २०८०

काठमाडौ । नेपालमा झट्ट सुन्दा मानिसहरुले नपत्याउलान् पैशा तिरेर पनि नेता बन्न सकिन्छ ? पैशा तिरेर कलाकार बन्न सकिन्छ ? पैशा तिरेर कर्मचारी सरुवा हुन सक्छ ? सक्छ यो सम्भव छ । त्यो काहाँ नेपालमा नेपालमा राजनीतिक पार्टीको सदस्यता लिन पहिला पैशा तिर्नुपर्छ । पैशा तिरेपछि सदस्यता पाईन्छ । सदस्यता लिएपछि मार्षिक चन्दा अर्थात विदेशी भाषामा लेवी भनिन्छ । त्यो तिर्नुपर्छ हैसियत अनुसार त्यसपछि ईकाई सम्मेलन, वडा सम्मेलन, पालिका सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन, केन्द्रीय सम्मेलन, अधिवेशन हुन्छन् । त्याहा पैशा तिर्नैपर्छ । भन्ने वेलामा स्वऐच्छिक भनिएको हुन्छ । तर तपाईको उठाउछ जसरी पनि उठाउछ । त्यसलाई दिनैपर्छ । जानेर वा नजानेर समय सँगसँगै आदर्शवादी भनिएका पार्टीले घोषणा–पत्रमा जे जे लेखेको भएपनि व्यवहारमा पैशा नतिरी गाउँ गाउँवाट केन्द्रमा आउन सक्दैनन् ।



जनताले जनताको नेता छान्ने वेला आउछ जसलाई निर्वाचन भनिन्छ । त्यतिवेला निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरुको चुनाव चिन्ह पहिला नै निश्चित गरिएको हुन्छ । त्यसैले स्वतन्त्र उम्मेद्धार भन्दा पार्टीका उम्मेद्धार हावी हुनेहुदा त्यहा पार्टीले सिफारिस गर्ने व्याक्ति जनप्रीय होइन पैशा भएको खर्च गर्न सक्ने अर्थात किराना पसलवाट खाद्यन्न किने जसरी टिकट किन्न सक्ने क्षमता कै हुनुपर्छ । यसरी पैशामा टिकट किनेर मात्र पनि हुदैन । टिकट किनेर ल्याएपछि गाउँघरमा भोज भतेर, नारा, जुलुस, गर्ने । गडीका लस्कर, मोटर साइकलका लस्कर लगाउने त्यसको लागि पैशाको व्यवस्था गर्न सक्ने हुनुपर्छ । नत्र टिकट दिदैन । दिएपनि पैशा नभएकाहरुले लिन मान्दैनन् ।

राजनीतिक पार्टीहरुको कुरा हो राजनीतिक पार्टीमा राम्रा मानिस नभएर यस्तो भएको होत होइन । सस्कार नै गलत बसाएर यस्तो पारिएको हो । राजनीतिक पार्टीमा समाजको, राष्ट्रको हित चाहाने सधै समाजप्रति जिम्मेवारी लिन चाहाने पार्टीमा लागेको ३० बर्ष ४० बर्षमा पैशा कमाउन सक्यो होलानत ? सकेनान् उल्टै इमानदारिताका साथ कसैको एक कप चिया पनि सितैमा नखाने आदर्शले गर्दा ४० बर्ष अगाडी पार्टीलाई लेवी तिर्न लिएको गाउँका साथीहरुसँग एक हजार दुई हजार सापट समेत तिर्न सकेका छैनन् । यो तिर्न नसक्नुको कारण उनिहरुको नियत नतिर्ने भएर त्यस्तो भएको होइन । आम्दानीको स्रोत केही नभएपछि के गर्ने त ? राजनीतिक भित्रको बिकृति यस्तो छ । कुनैबेला नेपालको रोलमोडल अर्थात कलाकारहरुको नाम सुनिन्थ्यो सरोज खनाल, राजेश हमाल, शिव श्रेष्ठ, बसुन्धारा भुसाल, नारायण गोपाल, मिरा राणा, गोपाल योञ्जन, नातिकाजी श्रेष्ठ, त्यस्तै साहित्यकारहरु लक्ष्मी प्रसाद देवकोट, माधव प्रसाद घिमिरे, सन्तोष पन्त, सुवास गजुरेल, यसरी कला क्षेत्रमा लागेका साच्चै प्रतिस्पर्धावाट आएका कलाकारहरुले अवसर पाउथे, राम्रा कलाकारहरुलाई नेपालका चलेका कम्पनीहरुले लगानी र्गथे र बजारमा कलाकारहरुले वास्तवमा नेपालको अवस्था नेपालका राम्रा र मौलिक परम्पराको सरक्षण र नकरात्मक कुराहरुलाइ कलाको माध्यमवाट विदा गर्ने खालका सन्देशहरु दिएर काम गर्ने गर्दथे । त्यस समयलाई नेपाली कलकारिताको युग भन्न सकिन्छ ।

राजनीतिक पार्टी बिग्रीय जस्तै कलाकारिता क्षेत्र पनि त्यसैगरी बिग्रीएको छ । पैशा हुनेहरुले लगानी गर्ने कलाकार बन्ने होड चलेको छ । जसले गर्दा फल्म चलेन, सिरियल चलेन, गीत चलेन भनेर बजारमा सुन्न पाईन्छ । कुन चै कलाकार प्रतिस्पर्धामा भाग लिएर छान्निएर त्यसमा पनि आयोजक कस्तो खालको हो । पैशामा छानेको हो कि वास्तवमा निष्पक्ष छानेको हो भन्ने हुन्छ । निष्पक्ष छानिएको अभिनय राम्रो गर्न जान्ने कलाकारले काहा अवसर पायो काही पनि पाएको देखिदैन ।

यस्ता बेतिथिहरु हरेक क्षेत्रमा आएपछि देशको शासन पद्दती कसरी सग्लो हुन्छ । देशको स्थाई सरकार भनेर चिनिने कर्मचारी सयन्त्रमा पनि पैशा नतिरेसम्म राम्रा मानिएका वा सुविधायुक्त शहरमा सरुवा नपाईने र सहसचीवभन्दा माथि राजनीतिक पार्टीको सरकार पक्षले चाहयो भने मात्र बढुवा हुने चलन रहेको छ । यस्ता पैशा तिर्नसक्ने घुस खान सक्ने क्षमता भएकाहरुको सरुवा हुने, पैशा बुझाउन सक्नेले नियुक्ति पनि राम्रो ठाउमा पाउने हुदै आएको छ ।

यसरी पैशाका पछि कुदेका राजनीतिक पार्टीका कार्यकर्ता, नेता,कर्मचारी त्यस्तै कतै नाम नसुनेका सुनेपनि अभिनय हेर्दा त्यस्ता अव्वल नलाग्ने कलाकार, पत्रकार, समाजसेवी, अभियान्त सवै सवै पैशाको पछि दौडिरहेका छन् । यस्ता प्रबृतिले देश कतिजेल धान्ला नक्कली पैशा त सक्कली र नक्कली छुट्याउन नसकुनजेल मात्र हो । त्यसैले सत्यताको धरातलमा टेकेर देश धान्ने अभियानमा थोरै भएपनि प¥यास गर्नुपर्छ । त्यो कर्म थालौ । त्यो अभियानमा लागौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend