logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

काली गण्डकी गाउँपालिकामा चितुवाले १९० वटा कालिज मार्यो


  • जन आकाश
  • बिहिबार, असोज ११ २०८०

स्याङ्जा– काली गण्डकी गाउँपालिका–५ जैपातेमा रहेको आशिष दाइ बहुदेशिय कृषि फार्ममा चितुवा पसेर कालिज सखाप पारेको छ । स्थानीय आशिष न्यौपानले सञ्चालन गरेको फार्ममा दानापानी दिन जाँदा कालिज मरेका भेटिएका हुन् । न्यौपानेको कालिज फार्ममा २२० कालिज रहेकामा १९० वटालाई चितुवाले मारेको हो ।



वैदेशिक रोजगारमा पाँच वर्ष र अन्य रोजगारमा १३ वर्ष बिताउनुभएका न्यौपानेलेको डेढ बर्सबाट कालिज पाल्नु भएको थियो । बेच्न र फुल पार्न ठिक्क परेका करिब साढे चार लाख बराबरको कालिज चितुवाले मारिदिएको हो । चितुवाले धेरैजसो कालिजलाई नङ्ग्रा गाडेर मारेको भेटिएको न्यौपानेले बताउनुभयो ।

बिहान फार्ममा कालिजलाई दाना खुवाउन श्रीमती सहित पुग्नु भएका न्यौपानेले कालिज मरेका र घाइते कालिज देखेको र नजिकै झाडीमा चितुवाको पछाडिको भाग देखेपछि ज्यान बचाउन भागेको बताउनुभयो । चार रोपनी क्षेत्रफलमा फैलिएको न्यौपानले फार्ममा हालसम्म १७ लाख रुपियाँ लगानी गर्नु भएको छ । यहाँ कालिज एक गोटाको दुई हजार पाँच सय र अण्डा ५० देखि एक सय रुपियाँमा बिक्री हुँदै आएको थियो ।

कालिजको मासुमा प्रचुर प्रोटिनको मात्रा, बोसो नहुने, जुनसुकै दीर्घ रोगीले खान मिल्ने, सुत्केरीका लागि अत्यधिक पोषणयुक्त, स्वादिष्ट र नौलो भएकाले माग धेरै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend