जन आकाश
कविता
हो गुरु झोले हो
उ सङ्ग ब्याग
कहाँ हुन्छर
डाक्टर पाइलट
ईन्जिनियर
ड्राइभर ओकील
आर्केटिक्ट आदि बनाउंदा बनाउंदै
उ झोला फेर्न सक्दैन
सन्ततिलाई नीजि स्कुलमा
पढाउन सक्दैन
न सक्छ पत्नीको सारी फेर्न आईपुगेको तीजमा
चुहिएका छानु टाल्टुल्मै बितिरहेछन्
बर्षौँ देखि
आगनका खाल्डा खुल्डीमा लेउ लागेको लाग्यै छ
सम्म्याउनु ढलान गर्नु
सपना हो गुरुको लागि
हो गुरु
तेसैले त झोले हो
झोलामा कलम कापी पेन्सिल बोकेर
हिड्छ
निम्नस्तरीय बाल्बालिकालाई मदत
गर्छ
सिगान पुछिदिन्छ
ईजार खोलिदिन्छ सु आउंदा
फुल्याउंछ, साथै नाच्छ नचाउँछ
हांस्छ हसाउंछ
आफू जलेर दीयो फिजाउंछ
हो तेहीं गुरु आफ्ना शिष्यको उन्नती
प्रगतिमा सदा खिस्स हांस्छ कतै हात फैलाउंदैन
मात्र कर्तब्य पछिको परिणाममा मुस्कुराउंछ फुल झैं
आफ्नो वास्ता छैन गुरुलाई
सक्छौ भने खुसी हौ गुरु जस्तै तिमी पनि
नत्र उपहास नगर
किनकी सारा तिमी गुरुकै उपज त हौ
झोले गुरु बन्न सिक
खाली हात के काम
हो गुरु झोले हो !
साहित्यकार कल्पना देवकोटाको कलमवाट
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend