logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

चीनबाट पोखरा विमानस्थलमा हवाई उडान गर्नेबारे छलफल सकारात्मक छ ः प्रधानमन्त्री दाहाल


  • जन आकाश
  • शनिबार, असोज १३ २०८०

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् ।



शनिबार अमेरिका र चीन भ्रमणपछि स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको बताएका हुन् । उनले दुई देशबीच भएको समझदारीहरू र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको पनि जानकारी दिए ।

नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सरु गर्ने सहमति भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

उनले स्याँप्रुबेसी(रसुवागढी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा(सिमकोट सडकको अध्ययन सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएको बताए । उनले चीनसँग टोखा(छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको पनि बताए । नेपाल(चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेमा सहमतिलगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको उनले बताए ।

प्रधानमन्त्री दाहालले नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाका सञ्चालन हुने बताए। मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलङचुङगोला चाँडै सञ्चालनमा ल्याउने सहमतिसमेत भएको उनले बताए । मुस्ताङको कोरला नाकामा चीनले पूर्वाधारमा सहयोग गर्ने सहमतिसमेत भएको उनले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले तिब्बत र नेपालको रेल, सडक, हवाईसेवा विद्युत् प्रसारण लाइन सबै क्षेत्रबाट जोडेर ट्रान्स हिमालयन मन्टी डाइमेन्सनल कनेक्टीभिटीको विषयलाई व्यवहारमा उतार्नेबारेमा छलफल भएको र लासाबाट काठमाडौं हवाई सेवा पुनः सुरु गर्नसमेत अनुरोध गरेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend