logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

नव आगमन संरक्षकहरुको ५ औ साधारण सभा सम्पन्न


  • जन आकाश
  • शनिबार, असोज १३ २०८०

काठमाडौ।  नव आगमन संरक्षक समाजको ५ औ साधारण सभा तथा निर्वाचन नेपाल प्रज्ञाप्रतिष्ठनमा सम्पन्न भएको छ ।



कार्यक्रममा दुइ सत्रमा विभाजन गरिएको थियो । पहिलो चरणमा उद्घाटन कार्यक्रम भएको थियो उक्त कार्यक्रमको उद्घाटन एस जि सि पि का सिइओ शुशिलमान सि प्रधानले पानसमा बत्तिबाली उदघाटन गरेका थिए । उनले उदघाटन पछि भने “यो संरक्षक समाजको नाम नै काफिछ यसले सम्पुर्ण अपाङता भएकाहरुको हेरचारमा खटिएका ब्यक्तिहरुको सवालमा वकालत गर्दै आएको र गरिरहने छ । यस सस्था अब काठमाण्डौ उपत्यकामा मात्र सिमित नरहेर बाहिर जिल्लामा पनि विस्तारको आबश्यकता रहेको जानकारी दिदै यसबारे आबश्यक पर्ने जनचेतनाका कार्यक्रमहरु गर्नकोलागि आबश्यक पर्ने प्राविधिक रुपमा सहयोग रहने छ यसरी बाहिर जान भन्दा पहिला आफू मानसिक तथा शारिरीक रुपमा तयार हुन जरुरी देखिन्छ । हुन समस्या त छ भन्दैमा घरमा बसेर समाधान हुदैन पनि भन्ने कुरा थाह हुदा हुदै पनि आफु जव सम्म तयार हुदैनौ हाम्रो सुनुवाई पनि हुन सक्दैन सधै सवैले सकारात्म सोचबाट तपाईहरुको नारा परिवर्तकोलागि सहकार्य नारा सावित हुनेमा दुई मत हुदैन त्यसैले यस अझ ब्यापक रुपमा अगाडि बढाउनलागि मिडिया संग पनि सहकार्य गरेर जानु भयो भने यस वकालतको सुनुवाई पक्कै सरकारले गर्ने छ साथै सरकारको विशेष शिक्षा प्राप्त गर्नमा पनि सफलता मिल्छ भन्ने जोड दिदै अन्तमा यस नव आगमन संरक्षक समाजलाई आई पर्ने आर्थिक रुपमा पनि सहयोग गर्ने बचत बद्धता गर्ददछु ”  भन्दै शुुुभकामना  राखेका थिए ।

त्यस साधारणसभा विशिष्ट अतिथि हरुले पनि शुभकामना राखेका थिए ।  साधारण सभाले नया कार्यसमिति नया कार्यसमिति चयन पनि गरेको छ जसमा अध्यक्षमा गोमादेवि अधिकारी, उपाध्यक्षमा शुशिला मल्ल, सचिवमा लक्ष्मी बस्नेत र कोषाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ, ७ सदस्यहरुमा निर्मला रावल, राजेन्द्र महर्जन, विना काफ्ले, अम्बिका खत्री माधुरी वैद्य अर्चना केसी श्रेष्ठ र ललिता न्यौपाने निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत आभास प्रधानले घोषणा गरि  निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत लुनि साक्यले प्रमाण पत्र वितरण गरेकि थिइन।
तस्वीर : अरुणा मानन्धर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend