logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत


  • जन आकाश
  • आइतबार, असोज १४ २०८०

काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत गरिएको हो ।



दिक्षीत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले दिक्षीत विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरेका हुन् । कार्यक्रममा कार्यवाहक महालेखा परीक्षक काफ्लेले यस दिक्षान्त समारोहमा दिक्षीत भएका विद्याथीहरुलाई बधाई दिँदै नेपालमा व्यवसायिक र दक्ष लेखा परीक्षकहरूको अभाव खड्किरहेको बेला यसले त्यो अभाव परिपूर्ति हुने विश्वास रहेको बताएका थिए ।

नेपालमा करिब ६ हजार बढी सरकारी संघ संस्थाहरूमा चार्टर एकाउन्टेट राख्न सम्भव नभएको र व्यवस्थित लेखा परीक्षण हुन नसकेको सन्दर्भमा यहाँहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उहाँले दिक्षीत विद्यार्थीहरुको प्रशंसा गर्दै लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाल थप दक्षता हासिल गरेको बताएका थिए। उनले भने,’तपाईहरु प्रोफेसनल अडिटर भइसक्नु भयो।’

उनले एकाउन्ट राम्रो नहुँदा पनि व्यवासय धरासायी हुने भएकोले अब तपाईहरुले व्यवासयलाई उकास्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दिक्षीत विद्यार्थीहरुलाई कुनै बेला सहयोग गर्न आफू तत्पर रहेको बताए ।
उनले भने अडिड गर्ने काम सबैभन्दा कठिन काम हुँदा पनि तपाईहरु लाग्नुभएको छ, यो खुसीको कुरा हो।
‘
उनले आईसीएमए अस्ट्रेलियासँग सम्बन्धन राखेर हासिल गरेको ज्ञानले नेपाल लाभान्वित हुने जानकारी दिए । राज्यले पनि प्रोफेसनल अडिटर उत्पादनमा सहयोग गर्नुपर्नेमा जोड पाण्डेको थियो ।

त्यस्तै दिक्षीत विद्याथीहरुलाई बधाई दिँदै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष सि.ए.सुजन कुमार काफ्ले यो कोर्ष कस्ट एनालाइसिस गर्न भूमिका खेल्न सहयोग रहने बताएका थिए । उनले भने , ‘यो कोर्षका कारण लेखा तथा व्यवस्थापन क्षेत्रमा तपाईहरु नयाँ स्टक होल्डरको रुपमा उदाउनु भएको छ।’

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाली दाजुभाइलाई थप दक्ष बनाउन आईसीएमए अस्ट्रेलियालाई महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा नेपालका लागि आईसीएमए अस्ट्रेलियाका क्षेत्रिय निर्देशक कुमार प्रसाद खतिवडाले विश्वव्यापी रुपमा अभ्यास भइरहेको लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन नेपालमा समेत भित्र्याउन सक्नु निकै गौरवको कुरा भएको बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend