logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

प्रभुु बैंकले ल्यायो स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा


  • जन आकाश
  • सोमबार, असोज १५ २०८०

काठमाडौं । प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत QR कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ ।



प्रभु बैंकको QR कोड भुक्तानी प्रणालीमा आबद्ध हुनुभएका मर्चेण्टहरूसँग रहेको QR कोड मार्पmत् सेवाग्राहीहरुले भुक्तानी गर्दा एसएमएस वा ईमेल अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ । प्रभु बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको शुरुवात गरेको हो ।

प्रभु बैंकले ल्याएको यस नविनतम् प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको QR कोडमार्फत भुक्तानी गर्ना साथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्पmत् तत्काल प्राप्त गर्नेछन् । प्रभु बैंकले फोनपे पेमेण्ट सर्भिसेस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा फोन पे नेटवर्कमा आवद्ध QR कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ ।

फोन पे नेटवर्कमा पहिलो पटक उपलब्ध यस सुविधा नेपाल क्लियरिङ हाउस लिमिटेडको नेपाल पे नेटवर्कमा आवद्ध QR मा भने यस अघि देखि नै ब्यबस्था मिलाई सकिएको छ । QR कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय सावित हुने बैंकले विश्वास लिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend