logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

पत्रकार तथा साहित्यकार बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति दिवस सम्पन्न


  • जन आकाश
  • बुधबार, असोज १७ २०८०

जयराम बिडारि



काठमाण्डौ । पेरोल काव्य घर नेपालको आयोजनामा कुशल पत्रकार तथा प्रशिद्ध साहित्यकार एवं सम्पादक बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति दिवस अनामनगर स्थित सामाजिक बिकाश समाजको सभाहलमा बिशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तन सदस्य सचिव जगत् उपाध्याय ‘प्रेक्षित’को प्रमुख आतिथ्यता तथा बरिष्ठ पत्रकार गोपाल थपलियाको सभापतित्वमा एवं नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य बिभाग प्रमुख निवर्तमान प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल तथा समालोचक प्रा.डा.सावित्री मल्ल कक्षपति, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,फित्कौली डट.कम.का प्रमुख नरनाथ लुईंटेल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं कौशिकी मासिकका सम्पादक चेतनाथ धमला नेपाल पत्रकार महासंघका सदस्य शान्तराम बिडारी लगायतको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

राष्ट्रीय गान तथा स्वर्गीय पत्रकार एवं साहित्यका बी.के.पाल्पालीको फोटोमा माल्यार्पण गरेर शुरुआत गरिएको कार्यक्रममा साहित्यकार अन्जना पौडेलले स्वागत मन्तव्यका क्रममा पाल्पालीका कृतित्व र व्यक्तित्वको बारेमा जति वर्णन गरे पनि कमी हुन्छ भन्दै साहित्यकारको साहित्यिक कर्मलाई जीवन्त राख्न यस्ता कार्यक्रमको आयोजना गरिनु फलदायी हुने बिचार ब्यक्त गरेकी छन् । यसैक्रममा नोबेल साकोसका संस्थापक तथा साहित्यकार राजन प्रसाद न्यौपानेले बी.के. पाल्पाली आफ्ना कृतिमार्फत सदैव जीवित छन् भन्दै पाल्पालीको जीवनी बारे प्रष्ट पारेका थिए ।

मन्तव्यका क्रममा प्राज्ञ सदस्य तथा कौशिकी मासिकका सम्पादक चेतनाथ धमलाले पाल्पालीसंगको सहयात्रा लगायत साहित्यिक गतिविधिमा बिषद बिवेचनाका क्रमलाई स्मरण गर्दै हाइकु लेखनका बिषयमा विवेचना गरेका थिए ।

यसैक्रममा नेपाल पत्रकार महासंघका सदस्य शान्तराम बिडारीले पाल्पालीको कृतित्व र व्यक्तित्व माथि प्रकाश पार्दै नेपाल पत्रकार महासंघका तर्फबाट पाल्पाली बचाउ अभियानमा खेलेको भूमिका स्मरण गरेका छन् । यसैक्रममा महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले सिंगो युगको आवाज बुलंद गर्ने सामर्थ्य राख्ने पाल्पाली बहुमुखी प्रतिभाका धनि रहेको बताउंदै आफूले अनुसन्धान गरेका चारसय भन्दा बढि महाकाव्यहरुका तुलनामा उनका कृति उत्कृष्ट सय भित्ररहेको बताएका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तन सदस्य सचिव जगत् उपाध्याय ‘प्रेक्षित’ ले मानिस उमेरले होइन कर्म र बिचारले स्तुत्य हुन्छन् भन्दै थोरै समयमा नेपाली साहित्यिक फाँटमा गहन योगदान दिएका पाल्पाली आफ्नो जीवनको उच्चतम सदुपयोग गर्दै जीवन्त रुपमा उर्जामय र सिर्जनात्मक रुपमा नेपाली साहित्य पारखीमाझ बाँचेका कुरा बताएका छन् ।

यसैक्रममा कार्यक्रमका सभापति एवं बरिष्ठ पत्रकार गोपाल थपलियाले सृजनात्मकता सिद्धांतमा नभइ अभिव्यक्ति स्वतंत्रताको आवाज हुनुपर्ने कुरामा जोड दिंदै आफूले जतिवेला सत्य लेख्नु पर्ने कुराका लागि संघर्ष गरियो तत्कालीन सत्ताले जेलनेल राखेर यातना दिएको स्मरण गर्दै अहिले सत्य लेख्न पाउने बेलामा समेत खुराफाती हरुको जमातले सत्य छोपिदिएकामा रोष प्रकट गर्दै पत्रकार तथा साहित्यकार बी.के पाल्पाली सत्कर्ममार्गीहरुका बीच अमर रहेको बताएका छन् ।

 

कार्यक्रममा संस्कृतिबिज्ञ डा. शशी थापा पंडितद्वारा पाल्पालीको कृतिबाट पेस्तोल भित्रको बारुद कविता बाचन गरिनुका साथै लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार विजयध्वज थापाद्वारा मुक्तक बाचन गरिएको थियो । साथै साहित्यकार ललिता दोषीद्वारा पाल्पालीका हाईकु बाचन गरिनुका साथै राधिका कल्पितद्वारा कविता बाचन गरि बी.के. पाल्पालीको स्मरण गरिएको थियो । साथै कार्यक्रममा सरस्वती गौतम ,गोबिन्द प्रसाद चौलागाईं , दिब्य गिरी,भुपराज खडका ,वैरागी जेठा ,लक्ष्मी उप्रेती राधिका कल्पित,राज श्रेष्ठ सागर ,उषा के.सी.,संगिता सारथी,राम प्रसाद पन्त,ललिता दोषी,भुवन शिवाकोटी लगायत चार दर्जन समाजका लव्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा साहित्यकार तथा पत्रकार एवं पेरोल काब्यघर साहित्य बिभागकी संयोजक बी. के. पाल्पालीका जीवनसंगिनि रेणुका भट्टराईद्वारा भावुकरुपमा कार्यक्रममा सहजकर्ताको भूमिका निभाउनुक साथै बी के पाल्पाली स्मृति पत्रकारिता तथा साहित्य सम्मान र पुरस्कारको स्थापना गरिएको र उपर्युक्त व्यक्तित्वलाई संस्थाको वार्षिक कार्यक्रममा प्रदान गरिने समेत जनाईएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend