जन आकाश
मोहन कार्की
नेपालमा तानाशाह व्यवस्था चाहिदैन भन्दै नारा लगाएर सत्तामा पुगेका नेपाली काँग्रेस जसलाई प्रजातान्त्रिक समाजवाद मान्ने पार्टी भन्ने गरिएकोे छ । अर्को त्यस्तै समाजवादी व्यवस्थाका हिमायती हु भनेर नारा लगाउने कम्युनिष्ट नामका पार्टीहरु पनि सत्तामा आलोपालो गरी पुगेकाछन् । जस्तै नेकपा (एमाले) नेकपा (माले) नेकपा माओवादी, जनमोर्चा नेपाल,मजदुर किशान पार्टी, सरकारमा कुनै न कुनै वेला मन्त्री समेत खान भ्याएका पार्टीहरु हुन् । त्यस्तै मध्यमार्गी भनेर चिनिने राप्रपा पार्टी जसलाई प्रजातान्त्रिकधारको पार्टी भनेर चिनाउने गरिएको छ । यो पार्टीले पनि सरकारमा मन्त्री मात्र होइन बहुदलीय व्यवस्था स्थापना पछि सवैभन्दा धेरै पटक प्रधानमन्त्री पाउने पार्टी पनि भएको थियो ।
त्यसैगरी तराईको रौतहटमा पाहाडी र मधेशीको जातिय रक्तपात गराएर उदय भएको अर्को जनअधिकार फोरम त्यसपछि के के नाम थप्दै हाल जनता समाजवादी पार्टी नामको समाजवादी व्यवस्था मान्ने पार्टी पनि सरकारमा छ । त्यसैगरी अर्को समाजवादी व्यवस्था मान्ने पार्टी एकीकृत समाजवादी पार्टी माधव कुमार नेपाल समुह पनि सरकारमा छ । जुन पार्टीलाइ वैधता दिन निर्वाचन कार्यलयले केही दिनको लागि नियमावली नै परिवर्तन गरेर स्थापना गराएको थियो ।
माथि उल्लेखित पार्टीहरुले जाहानियाँ राणा शासनको विरुद्धमा लडेको शाहबंशीय तानाशाहको विरुद्धमा लडेकोमा गर्व गर्ने गरेको उनिहरुका भाषाण, लेख, कविता, गजल सवै सवै न्वारन देखि केही जानेकाछन् भने राजतन्त्र, राणा शासन व्यवस्थालाई तानाशाही व्यवस्था भनेर गालीको ओइरो लगाउन जानेकाछन् । उनिहरुका दस्तावेज, भाषणमा त्यही लेखेकाछन् । जसमा मध्यमार्गी पार्टी भनिएको राप्रपाले समेत राजतन्त्रलाई काँधमा बोकेको देखियता पनि राणा तथा शाहबंशीय व्यवस्थालाई उसले पनि तानाशाह नै भनेको छ ।
तानाशाह केलाई भनिन्छ त ? नेपाली शव्दकोषमा यसको अर्थ अधिनायकवाद अर्थात एकलौटी शासन व्यावस्था भनिएको छ । अर्को तानाशाही भनेको फासिज्म अर्थात एकलौर्टी क्रुर शासन व्यवस्था भनिएको छ ।
याहीनिर हामीले फरक छुट्याउनुपर्ने कुरा चाहिं के हो भने, शासन व्यवस्थामा जनताको हितमा काम भईरहेको छ भने त्यहा कुनै शासकले जनताको हित विपरित काम गरेको खण्डमा सजाय दिने प्रचलन प्रजातान्त्रिक व्यवस्था भएका देशमा पनि हुदोरहेछ । जस्तै संसारको सवैभन्दा उन्नत लोकतन्त्र मानिएको बेलायतमा पनि गलत गर्ने मानिसहरुलाई सजाय दिन्छन् ।
त्यस्तै क्रुर अर्थात लोकतन्त्रको अभ्यास नभएका देशमा फाँसी नै अग्रेजी पात्रो अनुसार २०२३ र नेपाली पात्रो अनुसार २०८० का सालहरु सम्म विश्वका कतिपय मुलुकमा अहिलेपनि मृत्युदण्ड र फाँसीको सजाय छ । कतै गोली हानेर मारिन्छ । कतै डोरीमा झुण्ड्याएर मारिन्छ । तर नेपालमा प्रजातान्त्रिक व्यवस्था अवलम्बन गरेको हिशावले र मानवीय हिसावले यस्तो हुनुहुदैन ।
नेपालको सन्दर्भमा नेपालका चार सहिद भनेर पढाइरहेका कितावहरुमा र काठमाडौ शहरका सहिद गेटमा सालिक बनाएर राखिएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रि,दशरथ चन्द माथि उल्लेखित पार्टीका सहिदहरु हुन् ।
यहि चारजनालाई फासी दिएको भनेर राजनीतिक पार्टीहरुले तानाशाह वा तानाशाही भनेर बुझेका होलान् भन्ने निचोडमा नेपाली जनता यतिवेला पुगेकाछन् । त्यतिवेला राजनीतिक पार्टी राजतन्त्र अर्थात त्रिभुवन समेत भागेर भारत पसेको ईतिहाँस छ । २००७ सालमा भएको त्रीपक्षिय व्यवस्थालाई प्रजातन्त्र मानिएको छ । तर त्यही त्रीपक्षिय दिल्ली सम्झौता पछि स्थापना राजासहितको प्रजातन्त्रलाई पछि महेन्द्रले २०१७ सालमा सक्रिय भई शासन सञ्चालन गरेको व्यवस्थालाई पनि तानाशाही भनेर दलहरुले भन्ने गरेकाछन् ।
अन्तराष्ट्रिय अवस्था कस्तो छ त ?
चीनमा माओवादी अर्थात जनयुद्ध सफल भएपछि सन् १९५९ मा आएको गणतन्त्र व्यवस्था छ । त्यहा देङ स्याओपिङको शासनकालमा खुल्ला अर्थनीति लिएको भएपनि व्यवस्था एकतन्त्रिय छ । चिनिया कम्युनिष्ट पार्टीको सदस्य त्यो पनि राष्ट्रपति मातहतको पार्टी सदस्यले मात्र सरकारी नेतृत्व लिन पाउछ । सरकारी जागिर खान पाउने व्यवस्था छ । जसलाई एकद्धार प्रणाली भनिन्छ । जुन नेपालको राणाकालीन व्यवस्थाको नै रुप हो । त्यहा गणतान्त्रिक व्यवस्था लेखिएको छ । नेपालमा राणाकालीन अवस्थामा प्रजातान्त्रिक हिन्दु राष्ट्र नेपाल रहेको थियो ।
नेपालका कम्युनिष्टहरुको याहीनिर कुरा मिलेको देखिदैन । नेपालमा राजतन्त्रलाई एकतन्त्रिय व्यवस्था भनेर विरोध गर्छन । तर चिनियाँ कम्युनिष्ट पार्टीलाई भारचारा मान्दै चिनले गरेका हरेक क्रियाकलापमा समर्थन जनाउदै आएकाछन् । त्यस्तै तरिकाको राजतन्त्रलाई भने यिनै नेपालका राजनीतिक पार्टीहरुले तानाशाही भन्ने गरेकाछन् । नेपालका राजनीतिक भनिएका पार्टीहरुले एकतन्त्रिय शासन व्यवस्था चीनको ठिक भनिरहेकाछन् । त्यसैले नेपालको राणाकालीन व्यवस्था पनि ठिक थियो भन्न सक्नुपर्छ । राजतन्त्र अरुलाई ठिक भन्न नसकेपनि पृथ्विनारायण र महेन्द्रकालीन व्यवस्थालाई ठिक भन्न सक्नुपर्छ ।
किनकी चीनमा एकतन्त्रिय शासनकालमा विकासका लहरहरु देखिएकाछन् । त्यसैगरी नेपालमा पनि राणाको विरोध गरेर नथाक्ने नेताहरुले राणाकालीन अवस्थामा नेपालको आत्मनिर्भरता जस्तै उधोगको विस्तार, संविधानको अभ्यास, प्रेसको सुरुवात, राष्ट्र बैकको स्थापना, शिक्षाको लागि दरवार हाईस्कुलको स्थापना, खानी उत्खनन गरेर नेपालमा नै फलाम, तामाका उधोगहरुको स्थापना, सिचाई नहर, जलविद्युतको विकास, घण्टार, ठुला सरकारी भवनहरुको सथापना, नेपालमा पहिलो रंगाशाला निर्माण जस्ता काम राणाकालीन अवस्थामा नै भएको ईतिहाँस छ । नेपालले ईष्ट ईन्डिया कम्पनीसँग युद्धमा गुमाएको भुभाग जंग बहादुर राणाको पालामा बाके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत चार जिल्ला फिर्ता लिएको ईतिहाँस छ ।
समग्रमा हेर्दा बुझ्दा नेपालका प्रतन्त्रवादी भनिने शासन व्यवस्था आएपछि अर्थात ल्याएपछि नै नेपालका कोशी सम्झौता, माहाकाली सम्झौता, गण्डकी सम्झौता भएको देखिन्छ । प्रजातन्त्रको स्थापना भएको ७३ बर्षमा जंग बहादुरहरुले गाडेका जंगे पिलरहरु समेत सरक्षण गर्न नसकेको देखिन्छ ।
माथि उल्लेख गरिएको बिषयले राजनीति पार्टीहरुको विगत र वर्तमान उनिहरुको व्यवहार पनि जाच्नुपर्ने हुन्छ । कुनैवेला जनताको लागि भनेर कुनै मानिसले गरेको प्रगति देख्न नसक्नेहरुले मानिस मार्ने जस्ता धृणित कार्य गरेर राजनीतिक नाम दिने चलन बसाल्दै आएकाछन् । तिनै पार्टीहरु हुन् जो २००४ सालमा ईन्डियामा नेपाली काँग्रेसको स्थापना गर्दा पनि पार्टीका केन्द्रीय सदस्य थिए । तिनै आज पनि केन्द्रीय सदस्य र सरकारमा जाने मन्त्रीमा तिनैछन् । २००६ सालमा भारतमा नै खोलिएको नेपाल कम्युष्टि पार्टी हाल झण्डै दुईदर्जन नाङले, फुङले, डोके, डाले, बनेर दशौदिशा फर्केर बसेका कम्युनिष्ट नाम पार्टीका त्यतिवेलाका महासचिव, अध्यक्ष, केन्द्रीय सदस्य आजसम्म पनि त्यही पदमा रहेर सरकारमा मन्त्री खान गईरहेकाछन् । काँग्रेस,एमाले माओवादी नै किन नहुन् । कुन कुन के के हुन् । सवै तानाशही शैलीमा राजनीति गरिहेकाछन् । देशको चित्र यस्तो अवस्थामा छ ।
जसलाई नव सामान्तवाद भनेर एक अभियान्तले त आरोप नै लगाएका छन् र उनले अभियान नै थालेकाछन् । लोकतान्त्रिक सामान्तवादको विरुद्ध लड्न जनतालाई आवह्न समेत गरिसकेकाछन् ।
उनले लगाएको आरोप नेपाली जनताले पनि पत्याउने आधार बनेको छ । नेपालमा राणकालीन व्यवस्था हटाएर प्रजातान्त्रिक व्यवस्था ल्याएपछि नेपालमा भएका उद्योग, कलकारखाना, व्यापार, उत्पादन नेपालको एक पछि अर्को गर्दै समाप्त पार्दै लगिएको छ । देश गणतन्त्रसम्म आईपुग्दा देशका क्रयशक्ति युवाहरु विदेशमा काम गर्न गएकाछन् ।
देश र जनताको लागि प्रजातन्त्रमा स्वतन्त्रता हुन्छ । स्वतन्त्र जनताले आफ्नै देशमा लगानीको स्वतन्त्रता हुन्छ । आफ्नो सम्पतिको स्वतन्त्रता आफैसँग हुन्छ । देशभित्र आफ्नो सम्पति लैजान लगानी गर्न जग्गा जमिन किन्न स्वतन्त्रता हुन्छ । देशलाई विकास गर्न यस्ता स्वतन्त्र लगानीले प्रचुर विकास गर्न सकिन्छ । भन्ने नाराहरु थिए । तर देश त उल्टो गतिमा पु¥याएर काठमाडौका महगा सम्पति जोडेर राजनीतिक पार्टीका नेताहरु बस्ने गाउँमा जनताहरु अभावमा बाचिरहनुपर्ने बनाएको दृष्यले वास्तविक तानाशाहीहरु त राजनीतिक रुपमा खोलिएका प्रजातान्त्रिक र कम्युनिष्ट भनिएकाहरु पो हरेछन् भन्ने प्रमाण बन्दै गएको छ । जनताको परिभाषा यसरी बन्दै गएको छ ।
तानाशाही को हो किन हो कसरी हो भन्ने निस्कर्ष नेपाली जनताले छिनोफानो गर्ने वेला आएको छ । जनताले आउदा दिनमा नयाँ खालका कदम चाल्ने कुरामा याहा दुईमत देखिदैन ।
जनआकाश साप्ताहिक २०८० साल असोज १६ गते अङक ११ मा प्रकाशित मुख्य समाचारवाट लिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend