logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

देशलाई धार्मिक युद्धमा फसाउन खोज्नेहरुको यस्तो छ नालीवेली


  • जन आकाश
  • बुधबार, असोज १७ २०८०

मोहन कार्की
काठिमाडौ । नेपालमा धार्मिक युद्ध गराउन यतिवेला विदेशी मिशनका एजेन्टहरु नेपालमा सक्रिय भएको पाइएको छ । यहि एक महिना भित्र पुर्वको धरानमा गोरु काटेर खाएको भनेर भिडियो पोष्ट गरी त्यसैलाई आधार बनाएर धार्मिक झड्प गरायउने प¥यास भएको थियो । त्यसको एक महिना बित्न नपाउदै नेपालगंजमा मुस्लिम र हिन्दुको दंगा भड्काउन खोजिएको छ ।



धरानमा उग्र रुप देखिए पनि अपृय घटना हुन पाएन । नेपालगंजमा भएको दगामा भने केही मानिसहरु धाइते भएकाछन् । नेपालगंजमा कफ्यु नै लगाउनु परेको छ । यतिवेला अवस्था सामान्य भएको छ । तर विस्तारै भड्कदै गएको जातिय, धार्मिक, सप्रदायमा विस्तारै एक अर्कोप्रति वैमन्स्यता बढदै गएको छ । कतिवेला काहा भड्किने हो भन्ने त्रास मासिहरुमा पर्न थालेको छ । यस्तो त्रास फैलाउने नेपालका नेपालीहरु प्रयोग भएको भएपनि यसमा वेला वेलामा धार्मिक कार्यक्रमको अवसर पारेर विदेशी शक्तिहरु नेपालमा योजनबद्ध तरिकाले नै सप्रदयिकता लागेको पाइको छ ।

त्यो कुरा नेपाल प्रहरीले नै स्वीकार गरिसकेको छ । धार्मिक दंगा फैलाउन गिरोह नै सक्रिय भएको निस्कर्ष प्रहरीको छ । तर प्रहरीले विदेशी भनेर नतोकेपनि उसले गिरोह भनेर परिभाषा दिएको छ ।

नेपालको धार्किक सदभाव, राष्ट्रिय एकतामा खलल नपु¥याउन धार्मिक गुरुहरु, लामाहरु, स्लाम गुरुहरु, पाष्टरहरु सवैले आवाह्न गरेकाछन् । उनिहरुले सदभाव ¥याली नै निकालेर धार्मिक सहिष्णुता, राष्ट्रिय एकता कायम गर्न सवै मिलेर बस्न सवैले सवैको धार्मिक आस्थाको सम्मान गर्न भनेकाछन् ।

यता बुद्धिजीविहरुले चै यि सवै धार्मिक समस्या, जातिय समस्या ल्याउने राजनीतिक पार्टीहरु भएको आरोप लगाएकाछन् । त्यस्तै आरोप लगाउनेहरुमा वरिष्ठ लेखक  राम प्रसाद ज्ञवालीले आफ्नो सामाजिक सञ्जालमा यसरी लेखेकाछन्“नेपालमा जातीय द्धान्द्ध बढाएर नेपालीको एकता र अस्तित्व समाप्त पार्ने योजना अनुरुप डलरेहरु सक्रिय छन् । आफुलाई क्रान्तिकारी पार्टी भन्नेहरुले जातीय र क्षेत्रीय अधिकारका नाममा यस आगोलाई योजनाबद्ध रुपमै हावा  दिईरहेको स्पष्ट रुपमा देखिन्छ । कम्तिमा आफुलाई बौद्धिक ठान्नेहरुले जातीवादी पार्टी, तिनका लुच्चा नेता र ती लुच्चा नेताका मुर्ख कार्यकर्तालाई चिनौ र वहिष्कार गरौं । यस देशलाई जातीय युद्धमा होम्ने पार्टी र नेता यस देशका खतरनाक भाइरस हुन् । यी भाईरसवाट देश जोगाऔं ।” भनि अपिल गरेका छन् ।

त्यसैगरी कपन बानेश्वर साप्ताहिकका सम्पादक समेत रहेका निबन्ध आचार्यले पनि यसरी टिप्पणी गरेकाछन् । “जनतालाई जाती,धर्म,सम्प्रदाय,पार्टीको आधारमा विखण्डन गराएर सदभावको राग अलाप्नु भनेको ढल मिसाएर खोला सफा गर्नु  जस्तै हो ।” भनेर लेखेको लेख समाजिक सञ्जालमा  देख्न पाईन्छ ।

यि भनाईहरुलाई आधार मान्दा देशमा राजनीतिक पार्टीहरुले आफु सत्तामा जानको लागि विगतमा वाडेका गलत जातीय नारा र जानेर वा नजानेर द्धान्द्ध फैलाउने विदेशी शक्ति केन्द्रहरुको योजनामा राजनीति नै फसेको हो भन्ने देखिन्छ ।

त्यसकारण नेपाली जनताले अवका दिनमा त्यस्ता राजनीतिक पार्टीहरुले नेपाली समाजलाई बिभाजन गर्न गरेका प¥यासलाई असफल बनाउन सदभाव कायम गर्दै कतै पनि यस्ता जातीय, धार्मिक आन्दोन कुनै कसैले नजानेर कतै गरेछन् भने सम्झाई बुझाई आत्मीयता कामय गर्नुपर्ने देखिन्छ । देशका नागरिकहरुमा त्यस्तो समस्या छैन । तर राजनीतिक पार्टीका भनिएकाहरु मध्यका केही अप्रत्यक्ष समाजलाई भड्काउने तत्वहरु सक्रिय भईराखेको अनुमानछ । नेपाल प्रहरीले यस्ता सप्रदायिक भड्काउनेहरुको खाजी गरिरहेको बताएको छ ।त्यस्ता कार्य गर्ने, जातीय,धार्मिक द्धयस फैलाउने गरी समाजिक सञ्जालमा पोष्ट गर्ने, कतै अभिब्याक्ति दिने, हुलदंगा गर्नेलाई कडाभन्दा कडा कारवाही गर्ने गरी प्रेस बिज्ञप्ति समेत जारी गरेको छ ।

स्मरणरहोस
यस्तो अवस्थामा सयंमता अपनाउनुपर्छ । जातीय, धार्मिक द्धान्द्ध भनेको यसले धनि, गरिव, उचो, निचो कोही चिन्दैन र ठुलो मानवीय क्षति र्गछ भने देश अर्को पचास बर्ष पछडी फर्कन्छ । यस्तो हुन नदिनलाई सवै नेपालीहरु एकजुट हुनुपर्छ र यस्ता धर्म र जातीको नाममा भड्काउदै हिड्ने गिरोहलाई असफल बनाउनुपर्छ । यो सवै सचेत नेपालीहरुको परम कत्व्य हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend