logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

बझाङका भूकम्प पीडितलाइ  राहतकाे लागि सिंहदरबारमा छलफल


  • जन आकाश
  • बिहिबार, असोज १८ २०८०

काठमाडौं– बझाङमा गएको भूकम्पबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।



प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकबाट भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल भइरहेको छ ।

बैठकले राहत, पुनःस्थापनालगायत विषयमासमेत निर्णय गर्नेछ ।

प्रधानमन्त्री दाहालले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारीसमेत लिइसकेका छन्।

मङ्गलबार अपराह्न तीन बजेर ६ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् भने । धेरै घरपरिवार विस्थापित भएका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend