logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

World Cerebral palsy day नेपालमा पनि मनाए


  • जन आकाश
  • शुक्रबार, असोज १९ २०८०

काठमाण्डौ ।  आज एस जि सि पिको आयोजनामा र विभिन्न संघ सस्थाको सहयोगमा नेपालमा पनि  World Cerebral palsy day मनाएकाछन ।  काठमाण्डौको बसन्तपुरको जुद्ध सालीक नजिकबाट –याली गरिएको थियो उक्त –याली शुरु हुनु भन्दा अगाडी प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद प्रदीपपौडेलले हरियो रिवन काटी उद्घाटन गरेपछि –याली अगडि बढेको थियो ।



याली न्यूरोड विशाल बजार आकाश भैरव हुदै मख्खनको टोलमा पुगी सभामा परिणत भएको थियो । सभामा एस जिपिका सिइयो शुशिलमान सिंह प्रधानले सभापतित्व गरी स्वागत मन्तब्य दिदै सिपि कुनै रोग नभइ अबस्था रहेको सिपिको बारेमा विभिन्न भ्रम सृजना रहेकोले यसमा अब भ्रममा नपरि रोग होइन अबस्था हो भनि सवै बुझनु होला भनी जानकारी दिएका थिए ।

विश्वमा करोडै सख्यमा सिपि रहेको जानकारी दिएको थियो । कार्यक्रममा विभिन्न संघ सस्था तथा दातृ निकायहरुको उपस्थिति थियो ।

सभामा अन्य संघ सस्थाका पदाधिकारीले शुभकामना ब्यक्त गर्नु गरेका थिए।  कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य प्रदीपपौडेलले सम्बोधन गर्दै भने”  कि यस्तो खालको अपाङतालाई अधिकारको रुपमा स्थापित गर्न सकेको छैन यस अधिकारको रुपमा सम्बोधन गर्न सके मात्र हाम्रो सहनुभुति भावनाबाट माथि उठ्ने छौ । र उनीहरुले बल्ल अधिकार प्राप्त गर्ने छन् त्यसैले अपाङताको नाममा सम्बोधन स्थापित गर्ने र संवैधानिक रुपमा नै स्थापित गर्न जरुरी छ।

सवैधानिक रुपमा सच्चाएर यसलाई स्थापित गरी सम्बोधन गरिने कुराहरुमा जोड दिदै उनले थपे यस्ता अबस्थामा रहेकाहरुलाई विशेष शिक्षा दिनपर्छ र यसलाई विशेष प्राथमिकतामा राखि सरकारसम्म यसको जानकारी  पुर्यायाउने प्रतिबद्धता ब्याक्त गर्दछु ।

मलाई यस्तो कार्यक्रममा बोलाई यस्ता अबस्थाको बारे जानकारी गराई बोल्ने मौका दिनु भएकोमा एसजिसिपिमा विशेष धन्यबाद दिदै सहयोग गर्ने प्रतिबद्धता दिएका थिए ।

उपस्थीत सवै अपाङता भएकाहरुलाई हौसला प्रदान गर्न  उपहार प्रमुख अतिथिको हातवाट प्रदान गरिएको  थियो ।

अन्तमा निवर्तमान सिइयो विमललाल श्रेष्ठले पनि सिपिको स्थापना देखिको कार्यहरु र यसको उदेश्यबारे प्रमुख अतिथि तथा उपस्थित अपाङता भएका तथा उहाहरुको संरक्षकहरुलाई जानकारी ददै सवैलाई धन्यबाद दिएका थिए । कार्यक्रम सन्चालन गिता थापामगर गरेकि थिइन ।
तस्वीर : प्रदीपकुमार श्रेष्ठ
फोटो पत्रकार

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend