logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ज्योति विकास बैंकद्वारा QR अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक


  • जन आकाश
  • आइतबार, असोज २१ २०८०

काठमाडौं । ज्योति विकास बैंकले QR Code मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित “कोइलीस  QR अडियो अलर्ट डिभाइस”सेवा ग्राहकवर्गकको लागि सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको QR Code भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता प्रदान गर्न यो सेवा सुचारु गरेको हो ।



यस सेवा अन्तर्गत QR  अडियो अलर्ट डिभाइसमा रहेको QR Code मार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेज मार्फत प्राप्त गर्नेछन् । यो सेवाले भुक्तानीको तत्काल प्रमाणीकरण गरि व्यवसायी तथा ग्राहकहरूबीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।

साथै यो प्रविधिले व्यवसायी तथा ग्राहकवर्गको मोबाईल फोनमा भुक्तानी प्राप्त गरेको मेसेजका निम्ति कुर्नुपर्ने समयको पनि बचत हुनेछ । बैंकले यो सेवा बिट्स क्राफ्ट प्रा।लि। सँगको सहकार्यमा ल्याएको हो । आफ्नो कारोबारको सरल र सुरक्षित व्यवस्थापनका लागि यो सेवा लिन चाहने व्यवसायीहरुले ज्योति विकास बैंकको सम्पूर्ण १२१ शाखाहरु मार्फत् तोकेको आवेदन दिई उक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले देशका विभिन्न स्थानहरुमा व्यवसायीहरुलाई प्रदान गरेको QR Code  सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै डिजिटल बैंकिङ्गलाई थप प्रर्वद्धन गर्दै देशभरी QR Code  वितरण गर्ने र डिजिटल भुक्तानी सेवा विस्तारित गर्ने प्रतिवद्वता व्यक्त गरेको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ATM मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend