logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

बीमाको क्षेत्रमा रजत महोत्सवको अवसर पारी बरिष्ठ ब्यवसाय प्रवन्धक रबिन्द्रराज श्रेष्ठद्वारा अभिकर्ता सम्मान सम्पन्न


  • जन आकाश
  • सोमबार, असोज २९ २०८०

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौ शाखामा विशेष कार्यक्रमको आयोजना गरि बरिष्ठ व्यवसाय प्रवन्धक रबिन्द्र राज श्रेष्ठ समूह अन्तर्गतका अभिकर्ताहरुको भेला गरि बडादशैं २०८० शुभकामना आदान-प्रदानका साथै गत आर्थिक वर्ष मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ता हरुलाई पुरस्कार बितरण एवं सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो ।



शुक्रवार काठमाण्डौ शाखा कार्यालय घण्टाघरमा एक बिशेष कार्यक्रमका बीच कम्पनिका क्षेत्रीय प्रबन्धक सुमोद थापाको प्रमुख आतिथ्यता तथा बरिष्ठ व्यवसाय प्रवन्धक रबिन्द्र राज श्रेष्ठको सभापतित्व लगायत सहायक क्षेत्रीय प्रवन्धक रबिन्द्र शाक्य, शाखा प्रमुख जयराम धिताल बिकाश अधिकृत प्रशान कपाली सहित ५ दर्जन जति सहभागीहरुको समुपस्थितिमा उक्त भव्य कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्यका क्रममा शाखा प्रमुख जयराम धितालद्वारा समसामयिक बिषयमा प्रकाश पार्नुका साथै यस्ता कार्यक्रमको आयोजनाले अभिकर्तालाई निरंतर रुपमा क्रियाशील रहन प्रोत्साहन हुने बताउंदै लक्ष्य प्राप्तिका लागि निरंतर क्रियाशील सम्पूर्णमा सफलता प्राप्तिको कामना गर्दै आउँदै गरेको विजया दशमी,दीपावली,छठ पर्वको तथा नेपाल सम्बत ११४४ को शुभकामना ब्यक्त गरिएको थियो ।

उक्त अवसरमा गत दुई आर्थिक वर्षमा उत्कृष्ट योगदान दिन सफल अभिकर्ताहरुलाई कम्पनिका सहायक क्षेत्रीय प्रवन्धक लगायत शाखा प्रमुखको समुपस्थितिमा खादा माला टिका र बिभिन्न पुरस्कार प्रदान गरि सम्मानित गरिएको थियो । साथै बरिष्ठ ब्यवसाय प्रवन्धक श्रेष्ठद्वारा सो अवसरमा आफूलाई बीमाको क्षेत्रमा मार्ग निर्देश गरि रजत महोत्सवको यात्रा सम्म पुर्याउन भूमिका खेल्ने पार्बती जोशी प्रधान लाई गुरु शिष्य परंपरानुसार सम्मान पत्र सहित बिशेष पुरस्कार प्रदान गरि सम्मानित गरिएको थियो ।

जयराम बिडारीद्वारा सहजकर्ताको भूमिका निभाईएको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो । सहभागीहरुका लागि कार्यक्रम पश्चात समेबजिको व्यवस्था समेत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend