जन आकाश
काठमाडौ । एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा मिति २०८०/०६/३० मा सम्पन्न बैठकले लाभांस वितरण गर्ने निर्णय गरेको थियो । उक साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गर्ने निर्णया गरेको थियो ।
सोही मुताविक साधारण सभाले शेयरधनीहरुलाई आ.ब २०७९/८० का लागि १० ५ बोनस शेयर र १०.५३ ५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) बैकको २९ अौ साधारणसभामा वितरण गरेको छ ।
बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्दि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
बैंकको साधारण सभाले आ.ब २०८०/८१ को लागि श्री एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको थियो । सो बिषय पनि साधारणसभाले पारित गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend