जन आकाश
काठमाडौ । नेपाल ग्यास उद्योग संघले आज एक विज्ञप्ति जारी गरी राजनीति व्याक्ति र उपभोक्ता हकहितका नामका केही व्याक्तिहरुले नेपाल एलपी ग्यास उद्योग संघले लाखौ मेट्रीक्टन ग्यास लकाएर कालो बजारी गरेको भनेर भ्रमक हल्ला फिजाएको र त्यसैलाई आधार बनाएर सञ्चार माध्यमले समेत प्रसारण गरेको हुदा उक्त कुरा सत्य नभएको भनि खण्डन गरेको छ ।
नेपाल आयल निगमले असोज १३ गते मुल्य बृद्धि गर्ने निर्णय गरेको र १४ गते नै सरकारले मुल्यबृद्धि फिर्ता लिएको र सो बिषयलाई लिएर राजनीतिक र उपभोक्ता हकहितको नाममा आवद्ध व्याक्तिहरुले बिषयलाई अन्यत्र मोडेर अभिव्याक्ति दिएको त्यो उनिहरुले भनेको जस्तो तथ्य नभएको भनेर खण्डन गरेको हो ।
आज नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ति नै जारी गरेर उक्त कुराको खण्डन गरको हो ।
बिज्ञप्ति जस्ताको जस्तै
प्रेस बिज्ञप्ति
नेपाल आयल निगमको मिति २०८०/,०६/१३ को प्रेस बिज्ञप्तिबाट मिति २०८०/०६/१४ बिहान ००।०१ बजेबाट लागु हुनेगरी एल। पी। ग्यास तथा पेट्रोलियम पदार्थको मुल्य बृद्दि गर्ने निर्णय भएको र सो निर्णयलाइ फिर्ता गरिएको सन्दर्भमा विभिन्न संचार माध्यमहरुमा राजनैतिक व्यक्तित्व तथा उपभोक्ता हकहित अधिकारकर्मीहरुबाट सम्माननीय प्रधानमन्त्रीज्यु र हाम्रा ब्यबसायीहरुलाई जोडेर भ्रामक अभिव्यक्ति सार्बजनिक गरिएको प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । तत्सम्बन्धमा हाल संचालनमा रहेका ५८ वटा एल।पी ग्यास उद्योगहरुको जम्मा भण्डारण क्षमता ९९०० मे.ट. ९ ६९७२०० सिलिन्डर ० मात्र रहेकोमा सत्यसंग कहीं कतै मेल नखाने कुनै एक उद्योगले हजारौं मे.ट. ग्यास भण्डारण गरि अरबौं रुपैयाँ नाफा गरेको भन्ने जस्ता पुर्बाग्रही अभिव्यक्ति प्रति यस संघ गम्भीर आपत्ति जनाउदछ ्र नेपाल सरकारले अत्याबश्यक बस्तु भनि तोकेको साथै नेपाल आयल निगमलेनै तोकेको मुल्यमा उद्योगहरुको खरिद तथा बिक्री हुदै आईरहेको व्यहोरा जानकारी गराउदछौ । आर्थिक मन्दी तथा प्रतिकुल परिस्थितिका बाबजुद पनि उपभोक्ताहरुको आबश्यकता र हितलाई ध्यानमा राख्दै एल.पी. ग्यासको सहज आपूर्ति तथा वितरणका लागि दिनरात काम गरिरहेको अबस्थामा यस्ता खालका लान्छित अभिव्यक्तिबाट उद्योगीहरुको मनोबल घट्ने तथा हतोत्साही हुने भएको हुँदा यस्तो गैरजिम्मेवार अभिव्यक्तिको नेपाल एल। पी। ग्यास उद्योग संघ खण्डन गर्दछ साथै समाचारको सत्यता, विषयबस्तुको गाम्भीर्यता प्रति पूर्ण सजक रहदै आफ्ना सूचना सामाग्रीहरु सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण संचार माध्यम तथा पत्रकार मित्रहरुमा हार्दिक अनुरोध गर्दछौ ।
जीत बहादुर कार्की महासचिव
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend