logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सानिमा बैंकको १९औं साधारण सभा सम्पन्न


  • जन आकाश
  • शुक्रबार, कार्तिक ३ २०८०

काठमाडौ । सानिमा बैंक लिमिटेडले २०८० कात्र्तिक २ गते बिहीबारका दिन १९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।



बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापँुजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक बर्ष २०७९÷८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २१५.६४ अर्ब, कुलनिक्षेप रु. १७८.८५ अर्ब तथा खुद कर्जा सापटी रु १४९.८७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७८÷७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले बृद्धि गरेको उल्लेख छ ।

बैकले २०८० मा तिन महिनामा भएको प्रगति विवरण समेत उक्त अवसरमा सार्वजनिक गरेको छ ।

बैंकको वित्तिय परिसूचक (असार मसान्त २०८०)
निष्क्रिय कर्जा १.३१%
पुँजीकोष १४.४२%
तरलता ३०.०१%
कर्जा निक्षेप अनुपात (मासिक औसत)७९%

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend