logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

नेपालीहरुको दशैको मुखमा के के भईहरेको छ ?


  • जन आकाश
  • शुक्रबार, कार्तिक ३ २०८०

खाद्यन्नको मुल्य बढेको छ । चीनीको अभाव छ । मैदाको मुल्य बढेको छ । आम्दानी कतै बढेको छैन । सरकार सव ठिकठाक छ । सरकारलाई कतै समस्या नै छैन । उसले दशै भत्ता पाईसकेको छ । खरिद गर्नुपर्ने सामान खरिद गरिसकेकै छ । जनता लाईन बसुन कि कराउन बाहाल मतलव ! विदेश घुम्न पाएकै छ । पिलेनको भाडा बढोस कि गाडीको भाडा बढोस बाहाल मतलव । तेल आयल आयल निगमले दिएकै छ । हा हा हा हासेर सरकार सिहं दरवारमा विरालो जसरी बसेकै छ । वरीपरी मुसाहरु रमिते भएकै छन् ।



जनता गाडी नपाएर घर जान पाउन कि नपाउन, पैशा नभएर दशैको वेलामा खाना पाउन कि नपाउन, घर खाली भएर शहरका घरवेटीले बैकको किस्त तिरुन कि नतिरुण, कम्पनी रजिष्टार कार्यलयमा दर्ता भएर वा घरेलु, बाणिज्य, वडा जहा भएपनि फर्म खोलेर काम गर्दै आएका कम्पनी चलुन कि चलुन सरकारलाई बाहाल मतलव ! राजश्व उठेकै छ । कारवाही हानेकै छ ।

मजदुरले तलव पाउन कि नपाउन, पत्रकारले दशैमा तलव पाउन कि नपाउन भोकै बसुन कि रोएर बसुन सरकारलाई बाहाल मतलव गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजनले सरकारको गुनगान गाएकै छ ।

सामन्तको विरोध गरेर लोकतन्त्र गणतन्त्र ल्याएको त नयाँ तरिकाले अर्को जाहानिया तानाशाही देखाउन ल्उयाएको पो होत । काहा जनताको कुरा सुनेर बस्ने ? विदेशले बनाएको भोजमा सहभागी हुनुपो महानता हो ?

जनताले सुविधा पाए गरिव जनता धनि हुन्छन् धनि भएपनि विरोध, अवरोध, लडाई झगडा, युद्ध हुदैन । अनि विदेशी हतियार कस्ले किन्ने दाजुलाई भाईलाई मार्न भएपनि जनतालाई गरिव बनाई राख्नु परेन । सरकारको विदेशीसँग यस्तो कुरा हुन्छ रे । सरकारको कुरा यसरी हुदैछ । जनताको जीवन रोएर वित्दैछ । जय नेपाल, लाल सलाम, अभिवादन, देशमा नमस्कार कस्ले गरिरहनछ र ? २०८० सालको दशै यस्तै यस्तै भईरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend