logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गुटेरेसले गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेर विश्व शान्तिका लागि अपिल  


  • जन आकाश
  • मंगलबार, कार्तिक १४ २०८०

रुपन्देही : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेर विश्व शान्तिका लागि अपिल गरेका छन् ।



नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा मंगलबार लुम्बिनी पुगेका महासचिव गुटेरेसले विश्व शान्ति तथा मानव समुदायबीचको सद्‍भाव र भातृत्वका लागि अपिल गरेका हुन् । लुम्बिनी आउनुअघि उनी अन्नपूर्ण आधार शिविर पुगेका थिए । त्यहाँ उनले विकसित  तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसका लागि नेपालले भोगिरहेको बताएका थिए ।

उनले जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको भूमिका नभएको उल्लेख गरे । विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको बताउँदै उनले हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुर्‍याइरहेको बताए । धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उनले नेपालमा परिहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणमा महासचिव गुटेरेस शनिबार राति काठमाडौं आएका हुन् । महासचिव गुटेरेस आजै अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend