logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

अनलाइन सञ्चार माध्ममा आएका समाचारप्रति सानिमा बैंकको अपत्ति


  • जन आकाश
  • बुधबार, कार्तिक १५ २०८०

काठमाडौ । सानिमा बैकले अनलाईन सञ्चार माध्यममा आएका समाचारको बिषयलाई लिएर आपत्ति जनाएको छ । उसले भनेको “विगत केही समयदेखि केही अनलाइन संचार माध्यममा यस बैंकका अध्यक्षको फोटो समेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।



उक्त समाचारमा सत्यता नभएको व्यहोरा बैंकका शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणमा सुसूचित गराउन चाहन्छौं । यस बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरुको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकि¨ व्यवसाय गर्दै आएको छ ।

यस खालका तथ्यहीन एवं भ्रामक समाचार प्रचार प्रसार नगर्नु हुन सम्वद्ध पक्षलाई यसै विज्ञप्ती मार्फत सूचित गर्दछौं । यस्ता भ्रामक गतिविधिका विरुद्द कानूनी कारबाहीको प्रक्रिया समेत अघि बढाउन बैंक बाध्य हुनेछ । ”

हेमराज संज्याल प्रमुख निक्षेपको नामवाट जारी गरेको बिज्ञप्तिमा उक्त कुुरा उल्लेख छ । बैकको बिषयमा केही सञ्चार माध्यमहरुले केही दिन अगाडी बैकको निक्षेपको बिषयमा समाचार बनाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend