जन आकाश
जयराम बिडारी
काठमाण्डौ ।मकवानपुरे समाज काठमाण्डूको आयोजना तथा मिडिया पर्टनरका रुपमा दामन पोष्टको संयोजनमा दशै तिहार लगायत विभिन्न चाड पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरिएको छ ।

जमल सेतोढोका स्थित साकुरा बिजनेश हाउसमा आयोजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष अरुण गुरुङ्गको सभापतित्वका साथै राष्ट्रीय सभाका पूर्व सदस्य एवं समाजका प्रमुख सल्लाहकार वरिष्ठ अधिवक्ता रामनारायण बिडारीको प्रमुख आतिथ्यता एवं बिशेष अतिथि समाजसेवी राजनितिज्ञ तथा समाजका सल्लाहकार बिद्युत बज्राचार्य, नेपाल पर्यटन बोर्डका डाईरेक्टर मणिराम लामीछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, पत्रकारिता विषयका लेक्चरर तथा दामन पोष्ट साप्ताहिकका सम्पादक शन्तराम बिडारी लगायत कार्यक्रमका संयोजक एवं समाजका उपाध्यक्ष केशव अधिकारीको समुपस्थितिमा कार्यक्रम सुसम्पन्न गरिएको थियो ।
प्रमुख अतिथि द्वारा गमलामा पानी राखेर उद्घाटन गरिएको उक्त कार्यक्रममा राष्ट्रीय गान प्रस्तुत गरिनुका साथै जाजरकोट र पश्चिम रुकुममा बिनाशकारी भूकम्पमा परि ज्यान गुमाएका हरु प्रति १ मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा समाजका बिशिष्ठ अतिथी समाजसेवी राजनितिज्ञ तथा समाजका सल्लाहकार बिद्युत बज्राचार्यले शुभकामना मन्तव्य राख्दै बर्तमान राजनैतिक ब्यवस्था सहि भएतापनि यसका नेतृत्वकर्ताहरु जांड खाएको ड्राईभर जस्ता देखिएकोले देश दुर्घटनामा जान सक्ने तर्फ ईङ्गित गर्दै सच्चिने तर्फ सचेत रहनका लागि शुभकामना व्यक्त गरेका छन् । यसैक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा दामन पोष्टका सम्पादक शान्तराम बिडारीले समेत शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा हेटौंडा-५ स्थायी ठेगाना भई हाल कंलंकी निवासी भाटिका डेण्टल केयर प्रा ली का संचालिका एवं मिस एण्ड मिसेस युनिभर्सल २०२३ नेपालका बिजेता सुष्मा सुवेदी लाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रीय सभाका पूर्व सदस्य एवं बरिष्ठ अधिवक्ता रामनारायण बिडारीले जिल्लालाई समृद्ध बनाउनका लागि प्रविधिमैत्री हुन आग्रह गर्दै जनता जगाउने महान कर्ममा होमिएको समाजले बिशेष भूमिका खेल्नुपर्ने कुरामा जोड दिंदै मकवानपुर जिल्लाको समग्र संरचना तराई एवं पहाडको सुन्दर संयोजन रहेकोले यहाॉको धार्मिक सांस्कृतिक र पर्यटकीय स्रोतको संरक्षण गरिनुपर्ने जिकिर गर्दै जनताको मस्तिष्कमा अग्रगामी कदम,समानता न्याय र बिभेदरहित समाजको निर्माण गर्नमा मकवानपुरे समाजलाई सफलता मिलोस् भनि शुभकामना दिएका छन् ।
बिधान रिजाल द्वारा आकर्षक रुपमा संचालन गरिएको कार्यक्रममा बिभिन्न क्षेत्रका मकवानपुरेहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend