जन आकाश
काठमाडौ । विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१ औं वार्षिकोत्सव मनाउने सिलसिलामा यही २०८० कार्तिक १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
उक्त शिविरमा नाक, कान, घाटी, आँखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षण अन्तर्गत इसिजी तथा इको, बाल रोग, शल्यव्रिmया, हाडजोर्नी तथा नशा र सामान्य स्वास्थ्य जाच गरिएको थियो । उक्त शिविरबाट २९४ जनाले लाभ लिएका थिए । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यव्रmमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको र ग्रुपले यसप्रकारका कार्यहरुलाई मुख्य प्राथमिकतामा राखेको कार्यक्रममा बताईएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend