logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

भुकम्प आउनुुभन्दा अगाडीका तयारी सम्बन्धि तालिम सवैलाई दिऊ


  • जन आकाश
  • बुधबार, कार्तिक २२ २०८०

नेपालमा पटक पटक भुकम्प गइरहने गरेको छ । पछिल्ला १० बर्ष भित्रमा ठुुला भुुकम्पले हजारौ मानिसहरुको ज्यान लिईसकेको छ ।
२०७२ सालमा झण्डै तीन हजारको हाराहारीमा मानिसहरुले ज्यान गुमाउनुु परेको थियो । जसमा सवैभन्दा धेरै गोर्खा, सिन्धुपाल्चोक, काठमाडौ, धादिङ, नुुवाकोट, रसुवा, रामेछाप, दोलखा, काभ्रे, लगायतका जिल्लामा असर पु¥याएको थियो । त्यसैगरी २०८० कार्तिक १७ गते आएको भुुकम्पले जाजरकोट, रुकुुम पश्चिम र रुकुुम गरी तिनवटा जिल्लामा गएको भुुकम्पमा परी झण्डै २०० जनाको ज्यान गएको छ ।
त्यसैगरी सोही हाराहारीमा घाईते भएका छन् । लाखौको संख्यामा मानिसहरु घरवार बिहिन भएका छन् । यो निक्कै मानवीय संकट हो । यो मानवीय संकट प्राकृतिक भुुकम्पका कारण भएको हो । त्यो पनि मानिसले आफैले बनाएका कोही बाउ बाजेले बनाएका पालाका पुराना घरहरु भएका कारण पनि घरहरु लडेका हुन् । अर्को नयाँ नै घर बनाएको भएपनि भुकम्प प्रतिरोधि घर नबनाएको हुदा र भुकम्प प्रतिरोधि बनउनुपर्छ भन्ने ज्ञान भएको तर आर्थिक रुपमा सम्पन्न नहुुनेहरुले ज्ञान भएपनि अभावका कारण पुरानै तरिकाले घर बनाएर बसोबास गर्दा प्राकृतिक विपत्ति ब्यहोर्नु परेको अवस्था देखिन्छ ।



त्यसकारण यी घटनाहरुवाट नेपालले पाठ सिकेर आउदा दिनमा यस्ता विपत्तिहरु आउन नदिन भुुकम्प सम्बन्धि ज्ञान शिक्षा दिनुु अत्यन्तै अपरिहार्य भएको छ ।
आउदा दिनमा यो काम थालि हाल्नुु पर्ने र भत्केका घरहरु पुुनः निर्माणको लागि पनि उत्तिक्कै भरपर्दा घरहरु निर्माण गरेर यस्ता प्राकृतिक विपत्तिहरुमा नभत्किने गरी बनाउनु पर्छ । त्यसको अनुुगमन, व्यवस्थापन, सरकारी निकायले गर्नुुपर्छ । र नागरिकहरुलाई पनि सुसुचित गनुुर््पर्छ । यसरी र्दुघटना भएर पछुताउनु भन्दा र्दुघटना हुन नदिनु चै महत्वपूर्ण हुन्छ । आर्थिक रुपमा विपन्नहरुलाई सरकारले अर्थिक रुपमा सहुलियत दिएर भएपनि भुकम्प प्रतिरोधि घर बनाउन सहयोग गनुर््पर्छ ।

यस्ता महत्वपूर्ण काम मानिसले ने गर्ने हो । त्यसकारण सामान्य नागरिकहरुले पनि आफु बस्ने घर आफैले राम्रोसँग अध्ययन गरेर बलियो, भरपर्दो, दिगो टिकाउ हुुनेगरी र यस्ता भुकम्प जस्ता प्राकृतिक समस्या आउदा सुरक्षित हुुन सक्ने सरचना बनाएर सुरक्षित समाजको निर्माण राष्ट्रिय अभियान हुनुपर्छ । यतिको अवस्थामा पु¥याउन सवैभन्दा शिक्षा नै हो । भुकम्प सम्बन्धि तालिम दिएर मानिसलाई ज्ञान दिनुपर्छ । यो नै सवैभन्दा महत्वपूर्ण बिषय हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend