logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त


  • जन आकाश
  • शुक्रबार, मंसिर १ २०८०

काठमाडौ । मिति २०८०/०७/२३ गते सम्पन्न एभरेष्ट बैंक लिमिटेडको ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरको छ । उनले मिति २०८०/०७/२४ गतेका दिन नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिर्एका छन् । विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहिसकेका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित व्याक्तित्व हुुन् ।



राष्ट्रिय योजना आयोगका पूर्व सदस्य भईसकेका डा. बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी पिएचडि गरेका छन् । साथै, उनले बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत अनुभव छ । उनको अध्यक्षतामा एभरेष्ट बैंकले उल्लखनीय प्रगती गर्दै बैंकको नारा जस्तै दिगो, दरिलो कार्य प्रगति हुनेमा बैक विश्वस्त रहेको वैद्य अध्यक्ष भएपछि प्रमुख कार्यकारी अधिकृत सुुदेश खालिङले बधाई तथा शुुभकामना दिने क्रममा बताएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend