logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

ग्रीन डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकास गुरुङ नियुक्त     


  • जन आकाश
  • आइतबार, मंसिर ३ २०८०

काठमाडौं ।  गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकास गुरुङ्ग नियुक्त भएका छन । दुई दशक भन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्गलाई सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत मानियुक्त गरेको हो ।



वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्व दायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित गुरुङ्ग यस अघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाईनान्सको संचालकको भूमिकामा रहि कार्य सम्पादन गरिसकेका छन ।

नव नियुक्त नायव प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले यस बैंकको उच्च ब्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो अहंम भूमिका रहने बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend