logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

गरिमा विकास बैंक १६औं बर्ष पूरा गरी १७ औं बसन्तमा प्रवेश


  • जन आकाश
  • शुक्रबार, मंसिर ८ २०८०

काठमाडौं । ‘Access to All’ मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको यस गरिमा विकास बैंक लिमिटेडले मिति २०८० सालमंसिर ७ गते, विहीबार आफ्नो स्थापनाकालको १६औं बर्ष पूरा गरि १७ औं बसन्तमा प्रवेश गरेको छ ।



यस गरिमामय यात्रामा निरन्तर साथ दिनुहुने हाम्रा सेवाग्राही, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले रु ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब रु. ६८अर्ब कर्जा लगानीमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend