logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एभरेष्ट बैंकद्वारा बित्तिय चेतनामुलक भिडियो सार्वजनिक


  • जन आकाश
  • मंगलबार, मंसिर १२ २०८०

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेर सार्वजनिक गरेको छ ।



आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले जानकारी दिए ।

उक्त भिडियोहरुमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा–बत्ती तथा स्कूलकोबिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको भिडियो सार्वजनिक गर्ने क्रममा उल्लेख गरिएको छ ।

साथै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसंगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend