logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सानिमा बैंक अब स्याङ्जाको पुतलीबजारमा


  • जन आकाश
  • बुधबार, मंसिर १३ २०८०

काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८० मंसिर १३गते स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।



उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ बैंकका संचालक, रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पान्डेले संयुक्त रुपमा गरे । समुद्घाटन् समारोहमा मदन कृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका संचालक, रमेश कुमार पोखरेलले सानिमा बैंकलाई विश्वास गरि सबल अनि विश्वस्निय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

त्यसैगरी उक्त कार्याक्रममा बोल्दै, बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पान्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानिय ग्राहरुलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरी यस कार्याक्रममा सम्पुर्ण स्याङ्जा वासिको सहयोग र साथ पाउने विश्वास व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालयर १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend