जन आकाश
मोहन कार्की ।
काठमाडौ । लुम्बिनीमा निर्माणधीन विश्व शान्ति धामको निर्माणमा एकदिन श्रमदान कार्यक्रम यहि मंसिर ३० गते रुपन्देहीको लुम्बिनी क्षेत्रमा हुने र उक्त कार्यक्रममा विश्वका मानिसहरुलाई जानकारीको लागि स्वऐच्छाले श्रमदानमा सहभागी भईदिन र उक्त दिन विश्वभरका शान्ति धाम सदस्यहरुसँग संयुक्त प्रथना, ध्यान, नृत्यमा सहभागी भईदिन श्याल्पा तेन्जिङ रेन्पोछेले आग्रह गरेकाछन् ।
यहि मितिः २०८० साल मंसिर १४ गते उनले विश्व शान्ति धामको सम्पर्क कार्यलय काठमाडौको महाँकालमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् । रेन्पोछेले पत्रकारहरुलाई भने, “विश्वमा धार्मिक आ–आफ्ना आस्था भएका मन्दिर, गुम्बा, चर्च, मक्का मदिना रहेकाछन् । त्यहा सवैले आ–आफ्नो धर्म अनुसार मात्र ति आस्थाका केन्द्रहरुमा जाने गर्दछन् ।
तर सवै विश्वका मानिसहरु एकैठाँउ भेला भएर शान्तिको आनान्द लिने आपासमा सदभाव कायम गर्ने ठाँउको अभाव मैले विश्वका बिभिन्न देशमा जाने क्रममा भावना उत्पन्न भयो । त्यसपछि ठाँउको खोजिमा लाग्न थाले ठाँउ छान्ने क्रममा मायादेवीले आफ्नो सन्तानको लागि गरेको त्याग चित्रित गर्ने ठाँउनै उपयुक्त लागेर जाहाँ हरेक जाति रंग धर्म संप्रदायका मानिसहरु एकैसाथ आउन सक्छन् र शान्तिको विगुल फुक्न सक्छन् र सम्पुर्ण मानव कल्याणको लागि काम गर्न सक्छन् ।
यो यस्तो खुल्ला मञ्च हुनेछ । जाहाँ शान्तिप्रीय व्याक्तिहरु, विश्व नेताहरु र नीति निर्माताहरुले विश्वव्यापी द्धान्द्धको समेत शान्तिपुर्ण सावधानहरु खोजसँगै काम गर्न सक्छन् ।” रेन्पोछेको भनाई, पत्रकारहरुले यो कहिलेवाट शुरु भएको, यसको निर्माणधीन खर्च कति लाग्छ, कसरी व्यवस्थापन भईरहेको छ ? भनेर प्रश्न गर्दा रेन्पोछेले कोभिड भन्दा केही समय आगाडी काम शुरु गरेका थियौ तर कोभिडले गर्दा पछाडी धकेलियो । त्यसपछि १ बर्ष अगाडी पुनः काम शुरु गरेका छौ ।
जग हाल्ने काम करिब सकिन लागेको छ । जग हाल्नको लागि भियतनामका एकजना साथीले सामग्री सहयोग गरेका हुन् । भने अन्य आर्थिक मुठ्ठी दान अर्थात विश्वका मानिसहरुवाट एक रुपैया दान निस्वर्थ भावना राखेर सहयोगको आग्रह गरेर जम्मा हुने रकमले निर्माण गरिहेको रेम्पोछेले बताएका हुन् । उनले पत्रकारहरुलाई बृस्तृत जानकारी गराउदै मुठ्ठी दान अर्थात एक रुपैया दान गर्न विश्व शान्ति धाम निर्माणको खाताको क्युआर कोडमा गई गर्न सकिने पनि जानकारी गराएका थिए । उनले सेवा नै धर्म हो । श्रमदान गरेर सेवा गरी धर्म कमाउन पनि आग्रह गरेका छन् ।
पत्रकारहरुलाई अन्तमा रेन्पोछेले धन्यवाद दिदै कार्यक्रममा आएर विश्वको शान्ति धाम निर्माणमा याहाहरुको महत्वपूर्ण सहयोग भएकोमा धन्यवाद दिदै आउदो ३० गते श्रमदान कार्यक्रममा पनि आउन आग्रह गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend