logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

धनकुटामा घरभित्र थुनेर वडाअध्यक्ष सहित आगजनीमा मानवीय क्षति नभएको प्रहरीको प्रष्टोक्ति


  • जन आकाश
  • मंगलबार, मंसिर १९ २०८०

मोहन कार्की ।
काठमाडौ । मितिः २०८० साल मंसिर १८ गते राति बिभिन्न सामाजिक सञ्जालमा धनकुटाको पाख्रिवास वाडन ६ का वडाअध्यक्ष सहित परिवारलाई घरमै थुनेर आगजनी गरेको सामाजिक सञ्जालमा आएको घटनामा मानवीय क्षति नभएको धनकुटाका जिप्रकाका प्र.ना.उ.ले जानकारी दिएकाछन् । आगजनी गर्न प्र¥यास भएको चै उनले पनि स्वीकार गरेकाछन् । आगजनी गर्न प्र¥यास गरेको भनेर संकस्पद विक थरका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान भईरहेको जानकारी दिए । प्रक्राउ परेका व्याक्तिको नाम बताईदिनुसन भनेर हाम्रा संवादाताले अनुरोध गर्दा प्रनाउ महर्जनले “अनुसन्धान भईरहेको हुनाले भन्न नमिल्ने” बताएकाछन् ।



तर घरमा भने आगलागी भएको समयमा प्रहरी र स्थानीयको संयुक्त प्रयासमा नियन्त्रण गरिएको बताइएको छ ।

यसै विषयलाई पाख्रिवास नगारपालिकाका मेयर ज्ञान बहादुर गुरुङलाई सम्पर्क गरेर बुझ्दा उनले घटना भएको हो घटनास्थलमा आफु नगएको र प्रहरी प्रशासनसँग विस्तृतमा बुझ्न भनेकाछन् । जसको घरमा आगजनी गरिएको छ । त्यस वडाका वडा अध्यक्ष देवेन्द्र गुरागाई हुन् । उनलाई हामीले सम्पर्क गरेर सत्य तथ्य के हो भनि सोधेका छौ । उनको भनाई यस्तो छ । “१६ गते आफु बिराटनगर गएर आएको र थाकेर खानाखाईवरी सुतेका थियौ । रातको १२ बजेतिर पिरो खुसानीको राग आयो उठेर हेर्दा तल्लो तलामा हाम्रो किचन थियो त्याहावाट आगोको मुस्लो बलिरहेको रहेछ । दौडिदै गएर ढोकावाट निस्न खोज्दा बाहिरवाट ताला लगाएको पाएपछि चिच्याएर गुहार माग्यौ त्यसपछि छिमेकीले भ¥याङ ल्याएर हामीले झ्यालवाट झरेर ज्यान बचायौ । त्यसपछि छिमेकी सवै मिलेर आगो निभाउदै जादा जसले आगो लगाउन आएको त्यसले तल्लो तलामा भएका लुगाफाटा एक ठाउँमा जम्मा गरेर ग्यासका सिलिण्डरमा आगो लगाएर पडकाउन खोजिएको जस्तो देखिन्छ । तर समयमा नै हामीले थाहा पाएको हुनाले हामी बाच्न सफल भयौ र प्रहरीलाई खबर गरेर घटना जानकारी गराएका छौ । प्रहरी अनुसन्धान भईरहेको छ भनेको छ । दोषिलाई कानुन अनुसार कारवाही होला ।” ६ न. वडा अध्यक्षको भनाई

यस घटनामा सामाजिक सञ्जालमा आएको जस्तो मानवीय क्षति नभएको तर धनमाल भने केही क्षति भएको देखिन्छ ।
समाचारको स्रोतः
धनकुटा जिप्रका,पख्रिवास नगरपालिका वाडन २ का वडा अध्यक्ष, पाख्रिवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ, पीडित स्वम ६ नं वडा अध्यक्ष देवेन्द्र गुरागाईलाई लिएको टेलिफोनको आधारमा लिएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend