logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त


  • जन आकाश
  • बिहिबार, मंसिर २१ २०८०

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको सञ्चालक समितिको मिति २०८० मंसिर २० गते बुधबार सम्पन्न ४७१ औं बैठकले कपिल ढकाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।



बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका कपिल ढकाल २०८०/०८/२० देखि लागु हुनेगरि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकाछन् । नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत ढकाल यसअघि ज्योति विकास बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकमा आवद्ध थिए ।

चार्टर्ड एकाउन्टेन्ट रहेका कपिल ढकालसंग डिलोईट इन्डिया, आईसी आईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । उहाँ एनआईसी एसिया क्यापिटल लिमिटेडर एन आई सी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि रहेकाछन् ।

नव–नियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले उहाँको नेतृत्वमा आगामी दिनमा यस बैंकलाई थप सबल, ग्राहक मैत्री र सुदृढ बैंकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाज प्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तमहित सदा उच्च प्राथमिकतामा राखेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend