logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

रोट्र्याक्ट क्लव कुसोमद्वारा धुम्रबराहा माबिलाई बिभिन्न सहयोग प्रदान


  • जन आकाश
  • शनिबार, मंसिर २३ २०८०

काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गतको कुसोम ( Kathmandu University School Of Management )  रोट्र्याक्ट क्लवले धुम्रबराहा माध्य्मिक बिद्यालयलाई बिभिन्न सहयोग प्रदान गरेको छ।



शुक्रबार सो बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच कुसोम रोटार्क्ट क्लव (KUSOM Rotaract Club)  को संस्थापक सभापतिमा स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा ७, ८ , ९ र १० का छात्रालाई पुनःप्रयोग गर्न मिल्ने प्याड १३० थान र २५ थान अन्डरबेयरका साथै कलर पेन्सिल र कलर ९६ थान , कपि १०० थान , पुस्कालायाको लागि सन्दर्भ पुस्तक ७० वटा , पेन्सिल ब्याग १०० वटा , खेलकुद सामग्री (ब्याडमिन्टन, फुटबल र टेनिस टेवललगायत) र ट्याकसुट लगायतका लुगाहरु धुम्रबराहा माध्य्मिक बिद्यालयका प्रधानाध्यापक सुजाता राजलवट मार्फत हस्तान्तरण गरेकी हुन् ।

उक्त सामग्री हस्तान्तरण गर्दै कुसोम रोटार्क्ट क्लव (KUSOM Rotaract Club)  को संस्थापक सभापतिमा चिमौरियाले आगामी दिनमा पनि बिद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन भने उक्त बिद्यालयका प्रधानाध्यापक सुजाता राजलवटले रोट्र्याक्ट क्लव कुसोमले बिद्यालय र विद्यार्थीका लागि सहतोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगी भावना लिएर अगाडी बढ्न रोट्र्याक्ट क्लव कुसोमलाई शुभकामना दिईन।

रोट्र्याक्ट क्लव कुसोमद्वारा आयोजित उक्त कार्यक्रमलाई सफल बनाउन रोटरी क्लव पाटन साउथ, बुद्ध पब्लिकेशन ,प्रभु बैंक,, इनयाँ क्याफे र बुद्ध पब्लिकेशन लगायतका संस्थाहरुको सहयोग रहेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend