logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले रजत जयन्ती मनाउने


  • जन आकाश
  • शनिबार, मंसिर २३ २०८०

–जयराम बिडारी



‘’सुखी, समृद्ध, मूल्य-मान्यता र वित्तीय सुरक्षा श्रीमहालक्ष्मी सहकारीको दृढ प्रतिबद्धता’’ भन्ने मूल नारा अङ्गिकार गरेको मध्यपुर थिमिको बोडेमा कार्यालय स्थापना गरी आफ्ना सदस्यहरुबिच बित्तिय कारोवार गर्दै आइरहेको श्रीमहालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २५ औं बार्षिक साधारण सभा तथा रजत जयन्ती मनाउने भएको छ ।

संस्थाको रजत जयन्तीको पूर्व सन्ध्यामा आज पत्रकार सम्मेलन गरि रजत महोत्सवको सम्पूर्ण तैयारी पूरा भएको जानकारी गराइएको छ ।

कर्मचारी, शिक्षक तथा स्थानीय ब्यापारीहरुको सहकार्यमा संस्थापक सदस्य तथा व्यवस्थापक इन्द्रहरि बुढाको घरमा २०५३ सालमा २९ जनाको समूह मिलेर जनही दश हजार संकलन गरी स्थापना गरिएको कोषलाई २०५६ सालमा आइपुग्दा ५५ सदस्यीय कार्यसमिति गठन गरि सहकारी ऐन २०४८ अन्तर्गत श्रीमहालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रुपमा गठन गरिएको २५ बर्ष प्रवेशको अवसरमा संस्थाको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमका बीच सो जानकारी गराइएको हो ।

संस्थाका सल्लाहकार तथा संस्थापक बिनोद खमुद्वारा सहकारी स्थापनाको ऐतिहासिक पृष्ठभूमिका बारेमा प्रकाश पार्दै २ लाख ९० हजार मूल पूँजीबाट स्थापना गरिएको सहकारीको हालको सम्पत्ति ९० करोड पुग्नु सामन्य कुरा नभएको बताउंदै स्थापनाकालमा एक जना लेखापाल र पिएनको भरमा सुरु गरिएको संस्थाले अहिलेसम्म आउँदा सामाजिक क्षेत्रमा निकै ठुलो फड्को मारेको बताउंदै संस्थाले शिक्षा, स्वास्थ, कला सँस्कृति सबै क्षेत्रको विकासमा स्थानीयबाशी संग हातेमालो गर्दै अघि बढेकोले कार्य क्षेत्र बिस्तारमा सहज भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कृष्णसुन्दर श्रेष्ठले २००७ साल देखि शुरु भएको प्रजातांत्रिक अभ्यासका क्रममा ३६५ दिन पनि सरकार तथा सुशासनको महशुष नभएको बताउँदै सहकार्य सहअस्तित्व र समानता आफ्नो सहकारीमा रहेको बताउंदै सरकार भित्र बसेर सरकारको बिरोध गर्नेहरु ,पार्टी भित्र रहेर पार्टीको बिरोध गर्नेहरु जस्तै केही कुत्सित मानसिकता भएका हरुले सहकारीमा रहेर पनि सहकारीलाई बदनाम गराउन लागिपरेको प्रति कटाक्ष गर्दै आफूहरुले त्यसलाई चिरेर अघि बढ्ने स्पष्ट पारेका छन् ।

अध्यक्ष श्रेष्ठले त्यस्ता २,४ सय सहकारीले गरेका गलत हर्कतले ३०,३५ हजारको संख्यामा रहेका सहकारीहरुको बदनाम गरि तीनको अस्तित्व संकटमा पार्न नहुने बताएका छन् बताउंदै कतिपय अवस्थामा ब्यक्तिहरुले लगाएका चर्को ब्याजदरका कारण कतिको घरवास उठेको स्मरण गर्दै आफूहरुले सर्वसुलभ ब्याजदरमा सेवा दिंदै आएको जिकिर गर्दै सहकार्यको अर्कों नाम सहकारी भएको बताएका छन् ।

उक्त कार्यक्रममा सहकारीका ब्यवस्थापक इन्द्रहरी बुढाले आर्थिक बर्ष २०८०/०८१ का लागि प्रस्तावित गरिएका नीति तथा कार्यक्रम र रजत महोत्सवका लागि तय गरिएका विविध कार्यक्रमबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै बुढाले २ लाख ९० हजार मूल पूँजीबाट स्थापना गरिएको सहकारीको हालको सम्पत्ति ९० करोड ७३ लाख २२ हजार राशिको रहनुका साथै पूँजी बृद्धि भई ९ करोड ९५ लाख १८ हजार बराबरको संस्थागत पूँजी एवं ३ करोड २१ हजार बराबरको जगेडा कोष रहेको जानकारी गराउंदै संस्थाले सामाजिक उतरदायित्वका कार्यक्रम तथा संस्थागत रुपमा बिभिन्न तालिम,गोष्ठी सेमिनार लगायत सामाजिक ,सांस्कृतिक गतिविधि संचालन गरि सदस्यहरुको बृहत्तर हितका कार्यक्रम संचालन गरिएको जानकारी गराउदै हाल संस्थामा १८२१ सदस्य संख्या रहनुका साथै समूहगत र संस्थागत गरी कुल २१३० जना शेयर सदस्य संख्या रहेका बताउंदै यस क्षेत्रको नमूना सहकारीका रुपमा स्थापित हुन पाउँदा अत्यंत संतोष लागेको कुरा बताएका छन् ।

उक्त कार्यक्रममा अर्का सल्लाहकार श्याम सुन्दर खमुले ३ खम्बे अर्थतन्त्र अन्तर्गत सहकारी पनि एक भएको उल्लेख गर्दै सरकारले, बैंक तथा अन्य वित्तीय संस्थाहरुले गर्न नसकेका कतिपय कामहरु श्रीमहालक्ष्मीले गरेको फेहरिस्त प्रस्तुत गर्दै कतिपय अवस्थामा अति कम समय ३ महिनासम्मको भाखा राखेर दिइने ऋणमा कुनै प्रकारको सुरक्षण वा ब्याजदर नलाग्ने व्यवस्थाले गर्दा धेरैलाई आफ्नो पेशा, व्यवसाय गर्न आर्थिक रुपमा सघाएको बताउंदै भोली अर्थात् मंशिर २३ गते संस्थाको रजत महोत्सव भव्य रुपमा सम्पन्न गरिने बताएका छन् ।

संस्थाका कोषाध्यक्ष सुर्य बहादुर घो द्वारा सहजताका साथ सहजकर्ताको भूमिका निभाइएको उक्त कार्यक्रममा स्थानीय संचारकर्मीहरुको बाक्लै उपस्थिति रहेको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend