जन आकाश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न लागेको हो ।
सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् । “निर्वाचनपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको छ”, उनले भने, “सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ । हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ ।”
रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा उपमहानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ । सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन् । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहेका छन् ।
तर जति फेसबुकमा हल्ला र प्रचार गरिएको छ । त्यति गहकिलो गरी संगठनमा मानिसहरु आबद्ध भएको देखिदैन । हुनत पार्टी सभापति रवि लामिछानेले पटक पटक सार्वजनिकस्थलमा अभिव्याक्ति दिदा पार्टी संगठन भन्दा बाहिरवाट समेत भोलिका दिनमा उम्मेद्धार छान्न सकिने भन्दै आएका छन् । त्यसैले पनि पार्टीमा आशातित संख्यामा बढोत्तरी नभएको हुन सक्छ । जति उचाई रास्वपाले निर्वाचनको ६ महिना भित्र लियो त्यो रफ्तार पछिल्लो समयमा देखिदैन । रास्वपाले अन्य पार्टीभन्दा फरक केमा देखाउन सक्छ भन्ने सवैले चासोका साथ हेरिहरेकाछन् । नेपाली समाजलाई बोलेर नेता बनेका धेरै देखिसकेको र काम गरेर परिणाम ल्याउने बिकल्प खोजिरहेको बेलामा रास्वपा त्यो लायक हुन सकछकी सकदैन । जनताले नियाली रहेकाछन् । रास्वपाले आउदा दिनमा गर्ने कामले निधारण गर्ला पार्टी संगठन बनाउनु भनेको त औपचारिकता पुरा गर्नु मात्र हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend