जन आकाश
माेहन कार्की ।
धादिङ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेशको अधिवेशनको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नारायण सिलवालको अध्यक्षता र त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सर्वसम्मत नारायण सिलवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।

बुधवार धादिङको सल्यानटारमा सम्पन्न प्रदेश समितिको दोस्रो अधिवेशनले उपाध्यक्षमा नुवाकोटका राजेन्द्र गजुरेल, सचिवमा रामेछापका कुमार श्रेष्ठ, कोषाध्यक्षमा मकवानपुरका धर्मेन्द्र दाहाल, सहसचिवमा नुवाकोटकि केरिना शाक्य सर्वसम्मत निर्वाचित भएको राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय सदस्य प्रदीप कुमार श्रेष्ठले जानकारी दिएकाछन् ।
प्रदेश समितिको सदस्यहरूमा रामेछापका राज लोहनी, धादिङका सन्तोष श्रेष्ठ, चितवनका होमनाथ सापकोटा, सिन्धुलीकी अनु परियार, सिन्धुलीकै उद्दव श्रेष्ठ निर्वाचित भएका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालको जिल्ला शाखाको अध्यक्षमा दुवाडी
त्यसैगरि आजै सम्पन्न भएको राष्ट्रिय फोटो पत्रकार समूह धादिङ जिल्ला शाखाको अधिवेशनले पनि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
धादिङ जिल्ला शाखाको अध्यक्षमा मनिष दुवाडी सर्वसम्मत निर्वाचित भएका छन् ।
धादिङ जिल्ला शाखाको तेस्रो अधिवेशनले अध्यक्ष श्रेष्ठसहित उपाध्यक्षमा अनिल नेपाली, सचिवमा शिवराज आचार्य, सह–सचिवमा सीता सापकोटा(शीतल) र कोषाध्यक्षमा गजेन्द्र तामाङ निर्वाचित भएका छन् । सदस्यहरूमा मनिष श्रेष्ठ, बिनोद तमु, दिलिप श्रेष्ठ र प्रभु खड्का चयन भएका छन् ।
उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रिय समितिका पदाधिकारी सहित कार्य समितिका सदस्यहरू, बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधीहरु, विभिन्न पत्रकार संगठनका प्रमुख तथा पत्रकारहरु, त्रिपुरासुन्दरी गाउँपालिकाका उपाअध्यक्ष सहित पाँच दर्जन भन्दा बढीको सहभागिता रहेको थियो ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend