जन आकाश
काठमाडौ । रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एन आई सी एशिया बैंक र Al Ansari Exchange बीच उक्त रणनीतिक साझेदारी सम्पन्न भएको छ ।
समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने दुबै साझेदारीको दावी छ । साझेदारी कार्यान्वयनमा आए पश्चात् Al Ansari Exchange बाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिने उल्लेख छ ।
भौतिक रुपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटल रुपमा दरिलो उपस्थिति रहेको उक्त Al Ansari Exchange कम्पनीबाट पठाइएको रकम एन आईसि एसिया बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिने उल्लेख छ । साथै, यस बैंकको मोबाइल बैंकिङ्ग एप-NIC ASIA MoBank भित्र रहेको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफुलाई प्राप्त रकम र Unique PIN विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend