जन आकाश
रामेछाप। रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ मलागिरिमा योगाश्रम बन्ने भएको छ । भारतीय राजदूतावासको ८० प्रतिशत अनुदान र नेपाल सरकारको २० प्रतिशत लागतमा उक्त योगाश्रम बन्न लागेको हो ।
सो भवनको यहि मिति: २०८० पौष ४ गते शिल्यान्यास गरिएको छ । संघीय सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम),रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र भारतीय राजदूतावासका द्धितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा भवनको शिल्यान्यास गरेकाछन।
भवन शिल्यान्यास कार्यक्रममा बोल्दै संघीय सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम) ले जिल्लाको पर्यटन प्रबद्धनसँग जोडिएको मलागिरि योगाश्रम बन्नु खुशीको कुरा भएको बताएकाछन । शान्त र आनन्दित यो क्षेत्रमा योगाश्रम बनेपछि नेपालका मात्रै नभएर भारतका पनि धेरै मानिसहरु योगा गर्न आउने वातावरण बनाउनुपर्ने उनले बताएकाछन । सोहि अवसरमा प्रतिनिधिसभा सदस्य कान्छारामले भारतिय राजदुतलाइ भारत सरकारले सहयोग गर्दा यस्तै पाहाडि भुभागमा गरेमा खेर नजाने बताएका थिए।
रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले पर्यटन क्षेत्रमा उच्च सम्भावना बोकेको मलागिरि डाँडामा भारतीय राजदूतावासले लगानी गरेकोमा धन्यवाद व्यक्त गरेका थिए। उनले पछिल्लो समय नगरपालिकाले पनि पर्यटकिय क्षेत्रहरुको विकासका लागी विभिन्न योजनाहरु बनाएको नगरपालिककै सवैभन्दा अग्लो स्थानमा बुद्धको मुर्ति निर्माण गर्ने योजना पनि सुनाएका थिए ।
उक्त कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका द्धितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारले नेपालको सांस्कृतीक विकासलाई जहिले पनि प्राथमिकतामा राख्ने गरेको भन्दै आगामी दिनहरुमा पनि यस्ता सहयोगहरुलाई निरन्तरता दिने बताएका थिए ।
मलागिरी विकास केन्द्रका अध्यक्ष हिरण्य प्रसाद पौडेलको पहलमा उक्त योगाश्रम ४ करोड ८४ लाख १३ हजार ३ सय १२ रुपैयाँ लागतमा बन्न लागेको हो । उक्त भवन निर्माणको जिम्मा एस रामेछाप कन्स्ट्रक्सन प्रालीले पाएको छ ।
मलागिरि योगाश्राम सिलान्यास गर्न आएका भारतिय राजदुतको टोलिले शारादा सस्कृत बिध्यालयको पनि अवलोकन गरेका थिए। उक्त अवलोकनलाइ रामेछाप नगरपालिकाले सहयोग गरेको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend