logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

एनसीएनसीको नयाँ कार्यकारिणी बोर्ड अध्यक्षमा डाक्टर विकास शाक्य विजयी


  • जन आकाश
  • बुधबार, पुष ४ २०८०

काठमाडौ । अमेरिकी राज्य नर्थ क्यारोलिनामा रहेको नेपालीहरूको सबैभन्दा पुरानो संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसीएनसी) को नयाँ कार्यकारिणी बोर्डमा डाक्टर विकास शाक्यको प्यानलले वर्चश्व कायम गरेको छ ।



संस्थाको सन् २०२४/२५ को नयाँ कार्यकारिणी बोर्डका लागि भएको निर्वाचनमा डाक्टर शाक्यको प्यानलले जीत हासिल गरेको हो ।

शाक्यले आफ्ना प्रतिस्पर्धी डाक्टर चिरञ्जीवी भट्टराईलाई १ सय ३९ मतान्तरले पछि पार्दै बोर्ड अध्यक्षमा जीत प्राप्त गरे । शाक्यले कुल ४ सय ३६ मत पाउँदा भट्टराईको पक्षमा २सय ९७ मत खसेको थियो । वरिष्ठ उपाध्यक्षमा विजयी ददिन पाण्डेले ४ सय २६ मत हासिल गर्दा उनका प्रतिस्पर्धी कुलानन्द शर्माले २ सय ९९ मत पाए । उपाध्यक्षमा जित प्राप्त गरेका नारायण लुइँटेलले ४ सय ३३ मत पाउँदा उनका प्रतिस्पर्धी रचना सुवेदी पोखरेलले २ सय ९१ मत ल्याइन ।

महासचिवमा विजयी कल्पना भण्डारीले ४ सय ४६ मत प्राप्त गर्दा प्रतिद्धन्दी ऋषिराम अधिकारी २ सय ६० मतमा समिति रहे । पाँच सदस्यमा प्रियान्सु नेपाल, रमेश ओली, निभिता शर्मा, कालिदाश भण्डारी र तीला धमला चौलागाई विजयी भएका छन् ।

अविरल वर्षासँगैको कठाङ्ग्रिदो चिसोका बाबजुद निर्वाचनमा उत्साहजनक सहभागिता रहेको थियो । निर्वाचनमा ७२ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । सन् १९९९ मा स्थापित एनसीएनसी अमेरिकामा अत्यन्त सक्रिय नेपालीहरू आबद्ध संस्था मध्य एक हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend