logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

गरिमा विकास बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने


  • जन आकाश
  • बिहिबार, पुष ५ २०८०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मिति २०८० पौष ४ गते बुधबार दिउसो ४ः०० बजे बसेको सञ्चालक समितिको २९७ औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई  ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गर्ने निर्णय गरेको छ ।



प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्तभई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गरिने छ । हाल विकास बैंकको चुक्ता पूजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया १४ पैसा मात्र रहेकोमा प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण–सभाबाट पारित भए पश्चात रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया ५७ पैसा पुग्नेछ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यालय र ५१ वटा ATM मार्फत ग्राहकहरुलार्ई  सेवा प्रदान गर्दै आईरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend