logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नविल बैंक लिमिटेड र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता


  • जन आकाश
  • बिहिबार, पुष ५ २०८०

काठमाडौं । नविल बैंक र उपाय बिजनेश सोलुशन्स बिच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकको ग्राहकहरुलाई सहयोग गर्ने सम्झौता भएकोछ ।



यस साझेदारी अन्तर्गत, बैंकका ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागी उपाय विजनेश सोलुशन्सको सेवा लिने छन् । उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ ।

नविल बैंक, प्रमुख SME, MF & SB मुख अमित श्रेष्ठ  तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेकाछन् । साझेदारीको बारेमा बोल्दै, नविल बैंक, प्रमुख SME, MF & SB,   अमित श्रेष्ठले भने , “नविल बैंक, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि आकर्षक ब्याजदरमा यथा शिघ्र ऋण उपलब्ध गराउनुका साथै विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेकोछ ।

हामीलाई आशा छ कि यो साझेदारीले साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापन पूर्णता प्रधान गर्नेछ ।“ उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले भने, “नविल बैंकसँगको सहकार्यले उद्यमीहरूलाई निकै फलदायी हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend