जन आकाश
देवजङ्ग शाही ।
काठमाडौं । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा न.४ माजा निवासी ,म एउटा साधारण व्यापारी तथा कृषक परिवारमा जन्मेको विद्यार्थी हुँ । मैले जन्म मेरै गाउँ मेरै जिल्लामा लिए पनि मेरो बाल्यकालका अधिकांश समय करिब ९ वर्षको जीवन यात्रा काठमाडौं शहरमा बितेको छ ।
त्यसैले जब म मेरो बाल्यकाल सम्झन्छु ,तब म मेरो गाउँघरका आसपासका हरियाली जङ्गल ,साथिभाइ , आमा शीत गएर खेतबारीमा काम गरेको , मेरो गाउँ नजिकै आफ्नै वेगमा सलल बगिरहेको नेपालको सबैभन्दा लामो कर्णाली नदी लगायत अरु साना तिना नदी , झरना , हिउँको बेला वारिपारी हिमालमा हिउँले सेतै भएको हिमाल , चैतमस लालिगुरा फुलेर ढकमक भएको दृश्य अनि बिहानै चराचुरुङ्गी गाइबस्तुको आवास सम्झन्छु । यी सबै चिज देखेर मेरो जिल्ला नेपालको एउटा विकट ठाउँ भए पनि यहाँ जन्म लिएर गर्ब महसुस गर्छु । मेरो बुबा आमाको मायाको छहारीमा कमै वर्ष बिताए ।
१२ मेरो यात्रा दसैं तिहार मनाएर,२०७२ साल मंसिर महिना जाडोको समय जुन नेपालमा त्यही साल वैशाख ज्ञद्द गते शक्तिशाली भुकम्प गएको साल हो । सानो छदा आफ्नो जन्मभुमि छोडेर आउँदा कसको पो मन रुन्न र मेरो पनि आँखा भरी आँसु भएको थियो । एउटै मात्रा यात्राको रुपमा रहेको सिमिकोट विमानस्थल जहाँ त्यति बेलाको समयमा छिन छिन मै हवाईजहाज आवतजावत हुने गर्थे । म त्यति बेला धेरै चल्ने काष्ठमण्डप नामक पेलेनमा नेपालगन्ज सम्म आइपुगे , एकदुई दिन नेपालगन्ज मै बास भयो त्यसपछि बसमा नेपालगन्जदेखि काठमाडौ सम्मको यात्रा भयो ।
सुरुसुरुमा भएर पनि होला केही उल्टि आएर गाह्रो महसुस भयो । काठमाडौमा आइसके पछि मलाई त विदेशमा आएको जस्तो महसुस भयो । यताउता हेर्छु द्धरछ तलाको घरहरु महलहरु , सडकमा हेर्छु ठुला ठुला गाडी ट्रक अनि जताततै पसलहरु देखेर म छक्कै परे १ त्यतिबेलाको समयमा सडकको छेउछाउमा हिड्ने बाटो समेत हुन्न थियो जहाँ व्यपारीहरुको घुइँचो लाग्ने गर्थियो । यस्तो ठूलो सहरमा एक गल्ली बाट छिर्यो अर्को गल्ली निस्किन कठिनाइ हुन्थ्यो मैले सुरुमै पढेको स्कुल JMV school kalanki मालपोत कार्यलय नजिकैको विद्यालय हो ।
मैले काठमाडौमा कक्षा ४ देखि पढन सुरु गरेको हु १ त्यतीबेलाको समयमा सबै चिज सस्तो थियो । त्यतिखेरको तुलनामा अहिले समय परिवर्तन संगै झन झन महँगो हुँदै आएको छ ।अहिले काठमाडौमा सितिमिति मान्छे बस्न नसकिने अवस्थाको छ । त्यतिखेर हवाई , सडक यात्राको साधन दर पनि सस्तो थियो । अहिले हेर्न नसकिने रहेको छ । पहिला काठमाडौमा आफ्नो मान्छे देख्न नपाउदा सारै नरमाइलो लाग्ने गर्थियो,एउटै घर वरिपरि बसेको मान्छे समते बोल्दै नबोल्ने यस्तो सहरमा आउदा कति नरमाइलो महसुस भएको थियो । एकदुई दिन त रमाइलो नै लाग्यो पछिपछि तिर त आफ्नै घर फर्किम कि भन्ने सोचाइ हुन्थियो । तर संघर्षपुर्ण यात्राकै कारणले आफ्नो बाल्यकालको जीवन काठमाडौ बिताउन बाध्य भए र जे गरे त्यो सहि नै गरे छु भन्ने अहिले महसुस हुन्छ ।
सायद त्यति खेर घर फर्केको भए म अहिले जस्तो छु त्यस्तो मान्छे हुदिन थिए, मान्छेहरु मान्छेहरु चिनजान हुन्न थियो । यसरी लेखन कला हुन्न थियो होला ,जब म कक्षा ७ पास गरे फेरि म काठमाडौमै रहेको चाबहिल स्थित पशुपति मित्र मा. वि मा पढे १ यो विद्यालयबाट मैले धेरै कुराहरु सिकेको महसुस गरेको छु । बाल्यकालको कुरा गर्दा उति बेलाका गतिविधि र घटनाहरुको ताजा सम्झना भएर आउछ । म आफूभन्दा ठूलालाई आदर गर्थे र सानालाई माया गर्थे । जो कोहिलाई पनि सहयोग गर्थे मेरो यस्तो बानीव्यवहार देखेर घरका सबै जना प्रसन्न हुनुहुन्थ्यो । त्यति मात्रै होईन आफन्तजन पनि खुसी हुन्थे । म सानो छँदा मेरो घरमा आमालाई खेतबारी , भान्सामा सघाउने मान्छे नै थिएनन् ।
आमाको दु:ख , कष्ट हेर्दा मलाई पनि काम गर्न जागर चल्थ्यो । जब विद्यालय जाने उमेर भयो तब बुबाले मलाई नजिकको विद्यालय भर्ना गरि दिनुभयो । तर घरको कामले विद्यालय जान पनि एकादसी को व्रत बसे जसरी पर्खनु पर्थ्यो । जुन दिन विद्यालय जान्थे, त्यहीँ दिन ज्ञान-आर्जन गर्ने मौका पाउथिए । मेरा ति दिनहरू विद्यालय आउने जाने क्रममा र घरको काम काच्मा बित्ने गर्थिए । बिदाका दिनमा पनि गाउँले साथीहरू खेल्न जान्थे म भने त्यही घरायसी काममै व्यस्त हुन्थे । यी कुराहरू त्यतिबेला काठमाडौमा हुँदा मनभरी खेल्ने गर्थिए यी सम्झनाले गर्दा आँखा भरी आँसु समेत हुन्थ्यो ।
जब ठूलो हुँदै गए तब हरेक कुरा पचाउदै गए, हुम्लाको विद्यार्थी हु भन्दा यहाँ शिक्षकहरु असाध्यै माया गर्ने गर्थे । त्यही सर मिसको माया अनि यो बोलिले बनाएका मेरा मित्रहरु सितको संगतले सफलता माथी सफलता हुँदै गयो यो मेरो बाल्यकाल जीवन १ बाटो काट्न थोरै मिस्टेक भएमा मरणको मुखमा पुग्नु पर्ने यो सहरमा १ मैले बिस्तारै आफुलाइ लागेका कुरा लेख्ने कविता , निबन्ध लेखन पनि गरे , मैले यो सहरबाट धेरै कुरा सिके , जुन जुन विद्यालयमा पढे त्यसैमा मैले सानैदेखि कक्षाको captain हुने मौका पनि पाए । राजनितीक कुरा पनि सिकियो यसरी काठमाडौमा बिताएका पलहरु अहिले पनि ताजा नै देख्छु । अहिले निरन्तर काठमाडौ मै कक्षा १२ मा अध्ययन गर्दै छु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend