जन आकाश
देवजङ्ग शाही ।
काठमाडौं । हाल नेपालको भुकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्नामा नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलले एक सय अस्थायी टहरा निर्माण गरिदिने भएको छ ।
नेपाल तरुण दलका केन्द्रिय सदस्य जित बुढा (क्षेत्री ) का अनुसार मिति २०८० साल पुष ४ गते तरुण दलका केन्द्रिय अध्यक्ष बिधान गुरुङको नेतृत्वमा ३० जना केन्द्रिय सदस्यहरु भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको बताए ।
अहिले हिउँदे समय भएको हुँदा निकै चिसो बढेको छ । अस्थायी टहरा निर्माण गर्न गएको तरुण दलको टोलि टेन्ट भित्र निकै कठिन तरिकाले बस्नु परेको छ । राती टेन्टमा शीत लागेर अत्यधिक चिसो हुने गरेको छ ।
हामीसंग मोटो कपाड, जकेट हुँदा पनि यति धेरै चिसो छ भने यहाँका नागरिकसंग सामान्य कपडा पनि छैन । खुल्ला आकाश मुनिको बास छ । यहाँका नगरिकको अबस्था निकै जटिल भएको केन्द्रिय सदस्य जित बुढा ( क्षेत्री) ले बताए ।

हुम्ला जिल्लाबाट नेपाल तरुण दलको केन्द्रिय सदस्य भएका बुढा हाल जाजरकोटको भुकम्प प्रभावित क्षेत्र पुगेकाछन् । उहाँका अनुसार “प्रत्यक्ष स्थलगत अबलोकन गर्दा हाम्रो समाज समाजिक संजालमा लेख्न र बोल्न तिर धेरै केन्द्रित भएको र काम अझै सक्रिय हुन नसकेको बताए ।” विभिन्न सामाजिक संजाल र संचार माध्यमका अनुसार अहिले यहाँका नगरिकको कुनै पनि समस्या नहुनु पर्ने हो, तर अझै धेरै भन्दा धेरै नगरिकको समस्या जस्तोको जस्तै रहेको बताए ।
हाल नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष बिधान गुरुङको नेतृत्वमा गएको टोलिले दुई दिनमा ३० वटा अस्थायी टहराहरु निर्माण गरि सकेको छ । भने (एक सय) अस्थायी टहरा निर्माण गर्ने उद्देश्य लिएको छ । आबश्यता अनुसार अझै भुकम्प प्रभावित क्षेत्र र त्यहीँका नगरीकको सुरक्षाको लागि तरुण दलले सक्दो सहयोग गर्ने केन्द्रिय सदस्य जित बुढा (क्षेत्री) ले बताए ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend