logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कुमारी साकोसको सोह्रौं वार्षिकोत्सव सम्पन्न


  • जन आकाश
  • आइतबार, पुष १५ २०८०

भक्तपुर।  मध्यपुर थिमि नगरपालिका ४ मा सन्चालित कुमारी बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ ।



मधपुर नगर पालिका विजयकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा थिमि बैंक्वेटमा सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष उमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले समितिको तर्फबाट आफ्नो प्रतिवेदन पेश गरेका थिए।

कोषाध्यक्ष अर्जुन श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने उक्त समारोहको संचालन सचिव दिगम्बर श्रेष्ठले गरेका  थिए । यसवर्ष संस्थापक शेयर संख्या २७२२ बाट शेयर पूँजी रु. २,१७,७६,०००/- पुगेको जानकारी दिइएको थियो ।

आर्थिक वर्ष २०७९/८०को प्रतिवेदन अनुसार कुल वचत रु.२२,७९,४१,८१३/- र कर्जा लगानी रु.१६,५६,४४,६९०/-पुगेको जानकारी दिइएको थियो  ।

कार्यक्रममा थिमिको सांस्कृतिक उत्थानमा (जिब्रो छेड्ने कार्यमा) योगदान पुर्याएका बालकराम श्रेष्ठ र अर्का सुजन वाग श्रेष्ठलाई मायाको चिनो र सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । सो कार्यक्रम भव्य र सभ्य रहेको सहभागी शेयर सदस्यहरुको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend